Loading... आजः शनिबार , श्रावण १२, २०८१

पर्यटन प्रवर्द्धनका लागि ‘कोरोना भाइरसमुक्त क्षेत्र’का रुपमा प्रचार गर्ने


File Photo
सरकारले भ्रमण वर्षलाई लक्षित गर्दै नेपाललाई ‘कोरोना भाइरसमुक्त क्षेत्र’का रुपमा प्रचार गर्ने भएको छ। अंग्रेजी, चिनियाँ र हिन्दी भाषामा श्रब्य दृष्य सामग्री तयार पारी सम्प्रेषित गरिने संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जानकारी दिएको छ। कोरोना भाइरस र यसका कारण नेपालको पर्यटन उद्योगमा पारेको प्रभावबारे मन्त्रालयले मंगलबार आन्तरिक छलफल गरेको थियो।

छलफलपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले तीन दिनभित्र नेपाल ‘कोरोना भाइरस फ्रि जोन’ हो भन्ने सन्देश बोकेको श्रब्यदृष्य सामग्री अन्तर्राष्ट्रिय जगतमा सम्प्रेषणको व्यवस्था मिलाउन निर्देशन दिनुभयो। यस्ता सामग्रीलाई मन्त्रालय, विदेशस्थित नेपाली नियोग, नेपाल पर्यटन बोर्ड, नेपाल भ्रमण वर्ष २०२० को सचिवालय, पर्यटनसम्बद्ध निजी क्षेत्रका वेवसाइट र सामाजिक सञ्जालमासमेत राखिने भएको छ।

छिमेकी मित्रराष्ट्र चीनले सामना गरिरहेको वर्तमान संकटप्रति नेपालको पूर्ण साथ सहयोग तथा ऐक्यवद्धता व्यक्त गर्दै यस संकटबाट चीन शीघ्र पार हुने र त्यसपछि चिनियाँ पर्यटकलाई स्वागत गर्न नेपाल तयार छ भन्ने श्रब्यदृष्य सामग्री समेत सम्प्रेषित गरिने भएको छ। यस्ता सामग्री चिनियाँ भाषामै नयार पारी ७ दिनभित्र चिनियाँ सञ्चारमाध्यम तथा चीनस्थित नेपाली नियोगमार्फत सम्प्रेषणको व्यवस्था मिलाउन मन्त्री भट्टराईले निर्देशन दिनुभएको हो।

वर्तमान संकटपछि नेपालको पर्यटन प्रवर्द्धनका लागि वैकल्पिक बजारको खोजी गर्नुपर्ने निश्कर्षमा समेत सरकार पुगेको छ । सोही प्रयोजनका लागि नेपालको पर्यटन स्रोत बजारलाई लक्षित गरी क्षेत्रगत रुपमा १२ वटा प्रवर्द्धनात्मक ‘डेस्क’ खडा गरिने भएको छ ।

Insert your Ads code here

प्रत्येक डेस्कमा बोर्ड, सचिवालय र निजी क्षेत्रबाट १/१ जनाको प्रतिनिधित्व हुने व्यवस्था मिलाइने भएको छ। यस्ता डेस्कले सम्बन्धित बजारको वर्तमान अवस्थाको विश्लेषण, नेपालमा उक्त क्षेत्रबाट पर्यटक आगमनको अवस्था र सम्भावनाको खोजी गर्ने तथा निजी क्षेत्र सहितको संलग्नताको प्याकेज र सहुलियतको तयारी गर्न समेत मन्त्री भट्टराईले निर्देशन दिनुभयो।

नेपाल पर्यटन बोर्ड र नेपाल भ्रमण वर्ष २०२० सचिवालयबाट पर्यटन प्रवर्द्धन सम्बन्धी कार्यक्रम संचालन गर्दा दोहोरोपन हुन नदिने वयवस्था मिलाउन समेत मन्त्री भट्टराईले आग्रह गर्नुभयो। प्रमुख पर्यटन बजारबाट प्रसिद्ध सेलिब्रेटी, खेलाडी, सञ्चारकर्मीलाई नेपाल भ्रमण गराई पर्यटन प्रवर्द्धनको कामलाई प्राथमिकता दिनुपर्ने उहाँको भनाइ छ।

नेपाल आउन चाहाने वायुसेवा कम्पनीलाई नेपाल नागरिक उड्डयन प्राधिकरणले प्रोत्साहन गर्ने र नेपाल वायुसेवा निगमले नेपालका पर्यटन स्रोत बजारमा लक्षित गरी उडानको प्रक्रिया थाल्नेबारे समेत मंगलबार छलफल भएको अनलाइनखबरले जनाएको छ।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!