Loading... आजः शनिबार , श्रावण १२, २०८१

पर्यटन वर्ष २०२०लाई लक्षित गरी बागमती प्रदेशमा ‘हेटौंडा रन’ प्रतियोगिता


सरकारले घोषणा गरेको पर्यटन वर्ष २०२० लाई लक्षित गर्दै बागमती प्रदेश सरकारले ‘हेटौंडा रन’ प्रतियोगिता गर्ने भएको छ। विशेष गरी ठूला सहरका सडकमा हुने प्रतियोगिताको नक्कल गर्दै भिजिट नेपाललाई प्रवर्धन गर्नका लागि उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयले पर्वतीय खेलकुद महासंघसँगको सहकार्यमा प्रतियोगिता गर्न लागेको हो।

माघ २५ गते हुने प्रतियोगितामा पुरुष र महिला हेटौंडामा आयोजकले तय गरेको गन्तव्यमा दौडने छन्। प्रतियोगिताको संयोजन गरिरहेको पर्वतीय खेलकुद महासंघ बागमती प्रदेशका संयोजक मीना लामाले पुरुषतर्फ १० किलोमिटर, महिलातर्फ ५ किलोमिटर तथा सहभागिता मुलक ३ किलोमिटर ‘फन रन’ गर्न लागिएको जानकारी दिनुभयो। प्रतियोगिताको रुपमा हुने १० किलोमिटर पुरुष र पाँच किलोमिटर महिला दौड हुने छ भने सहभागिता मुलक फन रनलाई शहरहरुमा हुने रमाइलो यात्राको रुपमा समाबेस गरिएको आयोजकले जनाएको छ।

अनलाइनखबरका अनुसार प्रतियोगितामा सहभागिता जनाउनका लागि अनलाइन तथा खुल्ला फर्म भर्ने व्यवस्था गरिएको आयोजकले जनाएको छ। दौडमा सहभागी हुनका लागि जिल्ला बाहिरबाट ४५ जना खेलाडी हेटौंडा आउने छन् भने स्थानीय स्तरका खेलाडी पनि सहभागी हुने महासंघका सचिव सफल अधिकारीले जानकारी दिनुभयो।

Insert your Ads code here
Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!