Loading... आजः शनिबार , श्रावण १२, २०८१

पर्सीदेखि सार्वजनिक सवारी चल्ने


चैत ११ देखि बन्द रहेका सार्वजनिक सवारी बिहीबारबाट सञ्चालनमा आउन लागेका छन् । यातायात व्यवस्था विभागसँग सोमबार भएको छलफलपछि व्यवसायी गाडी चलाउन तयार भएका हुन् । ‘गाडी चलाउन व्यवसायी तयार छन्,’ विभागका महानिर्देशक गोगनबहादुर हमालले भन्नुभयो, ‘बिहीबारबाट आवश्यकताअनुसार गाडी चल्दै जानेछन् ।’

छलफलमा चालक एवं सहचालकको कोरोना बिमाको प्रिमियम सरकार र यातायात व्यवसायीले आधाआधा तिर्न पहल गर्ने सहमति भएको छ । स्वास्थ्य सुरक्षाका मापदण्ड सम्बन्धित व्यवसायीले आफैं व्यवस्था गर्ने भनिएको छ । गाडीमा सेनिटाइजरको व्यवस्था व्यवसायी आफैंले गर्नुपर्नेछ । साथै कोरोनाका कारण यातायात श्रमिकको मृत्यु भए आश्रित परिवारलाई क्षतिपूर्तिका लागि सरकारका तर्फबाट कोष स्थापना गर्न विभागले सम्बन्धित मन्त्रालयमा सिफारिस गर्ने निर्णय भएको छ । यातायात श्रमिकका लागि आवश्यक स्वास्थ्य सामग्री मास्क, सेनिटाइजर, पन्जा र पीपीई सम्बन्धित व्यवसायीले उपलब्ध गराउनुपर्नेछ ।

कान्तिपुर अनलाइनका अनुसार लामा दूरीका सवारी चलाउने व्यवस्था गर्न पनि व्यवसायीको माग छ । यातायात व्यवसायी राष्ट्रिय महासंघले भने मंगलबार यातायात व्यवसायीबीच छलफल गरेर मात्र सवारी सञ्चालनबारे निर्णय गरिने जनाएको छ। महासंघका महासचिव सरोज सिटौलाले भन्नुभयो, ‘७ गतेसम्म लकडाउन नै छ, त्यसपछि लकडाउन के हुन्छ, त्यहीअनुसार अघि बढ्छौं ।’

Insert your Ads code here
Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!