गान्तोक, 7 मार्च। सिक्किम डेमोक्रेटिक फ्रण्टका अध्यक्ष तथा पूर्व मुख्यमन्त्री पवन चामलिङले आज पूर्व सिक्किमको विभिन्न ठाउँहरूको भ्रमण गरे। सामाजिक कार्यहरूका निम्ति पूर्व सिक्किमको भ्रमणमा निस्किएका चामलिङले नाम्चेबुङ क्षेत्रको कदमतामलगायत पाकिम बजार नाथाङ माछोङको साम्सिङ तथा माछोङ क्षेत्रको विभिन्न स्थानहरूको भ्रमण गरे। यस अवसरमा उनले विभिन्न शोक सन्तप्त परिवारसँग भेट गरि समवेदना प्रकट गरेका छन्। यस भ्रमणलाई कुनै राजनीतिक भ्रमण नरहेको एसडीएफ पार्टीले बाएको छ भने सामाजिक सम्बन्धको कारण उनी भ्रमणमा निस्किएको बताइएको छ। नाथाङ माछोङको भ्रमणको क्रममा उनले पाकिममा विद्यार्थीहरूसँग पनि भेटघाट गरि अन्तरक्रिया गरेको थाहा लागेको छ।