Loading... आजः शनिबार , श्रावण १२, २०८१

पवन चामलिङले नेपालको खोटाङबाट आएको भनिसके, मुख्यमन्त्री पीएस गोले कहाँबाट आएको? – जेबी दर्नाल


गान्तोक, 12 फरवरी। सिक्किमका पूर्व मुख्यमन्त्री पवन चामलिङको हालै छिमेकी राष्ट्र नेपाल भ्रमणको समय एउटा टिवी च्यानललाई दिएको अन्तरवार्तालाई वर्तमान सत्तारूड सिक्किम क्रान्तिकारी मोर्चा (एसकेएम)-पार्टीको आठौं स्थापना दिवसमा पार्टी अध्यक्ष तथा मुख्यमन्त्री पीएस गोलेले गलत अर्थ लगाउँदै गैर जिम्मेवारपूर्ण वक्तव्य जारी गरेको भन्दै विपक्षी दल सिक्किम डेमोक्रेटिक फ्रण्ट (एसडीएफ)-का प्रवक्ता जेबी दर्नालले कडा शब्दमा खण्डन गरेका छन्। प्रवक्ता दर्नालले मुख्यमन्त्री गोलेले पवन चामलिङ विदेशी हुन र उनको नेतृत्वलाई 15 वर्ष सगाएर ठूलो भूल गरें भन्ने जुन मन्तव्य व्यक्त गरे त्यसले सिक्किममा लगातार रूपमा 40 वर्ष विधायक रहिरहेका तथा 25 वर्षसम्म मुख्यमन्त्री बनेका पवन चामलिङ विदेशी हुन्छ भने अरु सिक्किमे गोर्खा र भारत भरिका गोर्खाहरूको के हुन्छ भनि प्रश्न तेर्श्याएका छन्। उनले मुख्यमन्त्रीको मन्तव्यको विरोध गर्दै भने, भारतभरि छरिएर बसेका गोर्खाहरू जसले आफ्नो चिन्हारीको संघर्ष गर्दै आएका छन् उनीहरूको संघर्षलाई मुख्यमन्त्री तथा एसकेएम अध्यक्ष पीएस गोलेले रम्फूको खेल मैदानमा चितामा जलाउने काम गरेको छ। उनले अझ भने, पवन चामलिङ जस्तो मान्छे सिक्किमे र भारतीय नभएर विदेशी हुन्छ भने अन्य भारतीय आज भारतको गोर्खाहरूको के हुन्छ भन्दै सिक्किमको पारिपट्टि परिचय र माटोको आन्दोलन गरिरहेका गोर्खादाजुभाइको संघर्षको पनि मुख्यमन्त्री गोलेले चिता जलाएको छ भनि ठोकुवा गरे।
मुख्यमन्त्री गोलेको मन्तव्यले भारतको विभिन्न राज्यमा रहेका गोर्खाहरूको विभिन्न मागहरूको निम्ति घातक सावित भएको दावी गर्दै छुट्टै राज्यको माग र 11 जात गोष्ठिलाई जनजातिको माग जस्तो मुद्दाहरूको निम्ति मुख्यमन्त्री गोलेको मन्तव्यले ठेस पुऱ्याएको दावी गरे। पूर्व मुख्यमन्त्री पवन चामलिङले आफ्नो अन्तरवार्तामा 17औं शताब्दीमा आफ्नो पुर्खाहरू नेपालको खोटाङबाट भारत हुँदै सिक्किम आएको कुरा स्वीकारेको र यो कुराले के बिग्रेएको छ भन्दै आफ्नो पिता पुर्खाको किपट र परिचय दिनु सुपुत्रको पहिचान हो भने पवन चामलिङले आफ्नो परिचय खोटाङबाट आएको भनिसकेको छ भने वर्तमान मुख्यमन्त्री पीएस गोले कहाँबाट आएको यूपी, बिहार, बङ्गाल भोटाङ हो की खोटाङ हो उनले आफ्नो थलो किलो पनि स्पष्ट पारुन किनभने सबैको पुर्खोली थलो किलो हुन्थ र त्यो भन्न नमान्ने माछे पुर्खाको इज्जत सम्मान नगर्ने व्यक्तिली नेपालीमा धन्दुकारी भन्छ जो कसैको छोरो पनि हुँदैन बाबु र घर परिवारको पनि हुँदैन। अनि घर परिवारकै नभएपछि जनताको हुने कुरै आए उनले कटाक्ष हाने।
अर्कोतिर पवन चामलिङ विदेशी हुन् भने अहिले पनि नाम्ची सिङ्गिथाङको विधायक हुन र अब आउँदो विधानसभा सत्रमा मुख्यमन्त्री गोले र पवन चामलिङ स्वदेशी र विदेशी कसरी सदनमा बसेर बहस गर्ने प्रवक्ता दर्नालले प्रश्न गरेका छन्। अब विदेशी पवन चामलिङलाई कि त विधानसभामा पस्न दिन भएन की विधानसभामा मुख्यमन्त्री आउन भएन सदनमा स्वदेशी र विदेशी कसरी बस्छन् उनले थपे। मुख्यमन्त्री गोलेले यस विषयमा स्पष्टिकरण दिनुपर्ने माग गर्दै यदी पवन चामलिङले गलत प्रकारले सिक्किमको नागरिकता लिएर 25 वर्ष मुख्यमन्त्री र 40 वर्ष विधायक गरेको हो भने भारत सरकारलाई पनि भन्दैछु भारत सरकारको सबै खुफिया तन्त्र र एजेन्सी लगाएर पत्तो लगाउनुपर्छ अनि भारतको गृह मन्त्रालयले यदी गलत प्रकारले नागरिकता लिएको हो भने कठओर कारवाही गर्नुपर्छ तर कार्वाही गर्न सकेन भने मुख्यमन्त्री जस्तो संवैधानिक पदमा बसेको व्यक्तिले पूर्व मुख्यमन्त्री माथि यस्तो किर्ते आरोप लगाउँछ भने यस्तो मान्छेमाथि गृहमन्त्रालयले कार्वाही गर्नुपर्छ भनि माग राखेका छन्। यसैगरी मुख्यमन्त्री पीएस गोले राज्यको गृहमन्त्री पनि भएको हुनाले पवन चामलिङको विदेशी नागरिकताको प्रमाण जुटाएर नाम्ची सिङ्गिथाङको विधायक पदबाट राजनामा दिन लगाउनुपर्छ यदी प्रमाण जुटाउन सक्दैन भने जनताको नजरमा खसाल्न दरिद्र मानसिकता प्रदर्शन नगरेर उनले पोकलोक कामराङको विधायक र मुख्यमन्त्रीको पदबाट राजिनामा दिनुपर्ने प्रवक्ता दर्नालले माग गरे। यसैगरी पवन चामलिङमाथि गरेको कार्यले सम्पूर्ण भारतीय गोर्खाहरूको नागरिकता माथि शङ्का उत्पन्न गराउने र घात गर्ने काम गरेको जुन अत्यन्तै निन्दनीय रहेको प्रवक्ता दर्नालले ठोकुवा गरे।
उल्लेखनीय छ, मुख्यमन्त्री पीएस गोलेले गत चार फरवरीको दिन रम्फूको खेल मैदानमा आफ्नो पार्टीको आठौं स्थापना दिवसमा पूर्व मुख्यमन्त्री पवन चामलिङ विदेशी हुन् भन्दै उनलाई सिक्किमे जनताले 25 वर्षसम्म मुख्यमन्त्री बनाएर धोका पाएको आफ्नो सम्भाषणमा मन्तव्य व्यक्त गरेका थिए। त्यसपछि निरन्तर् विभिन्न क्रिया प्रतिक्रिया सामाजिक सञ्जाल र अन्य माध्यममा चलिरहेको छ।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!