Loading... आजः शनिबार , श्रावण १२, २०८१

पवन चामलिङ आज सिक्किम र सिक्किमे जनताले फालिसकेपछि, मतदान नपाएपछि विदेशमा गएर राजनीति गर्न खोज्दैछ -मुख्यमन्त्री पीएस गोले


गान्तोक, 4 फरवरी। भारतको हिमाली राज्य सिक्किमको सत्तारूढ दल सिक्किम क्रान्तिकारी मोर्चा (एसकेएम) को 8औं स्थापना दिवसलाई सम्बोधन गर्दै मुख्यमन्त्री प्रेम सिहं तामाङ(गोले) ले पार्टीका क्रान्तिकारी कार्यकर्ता, सरकारी कर्मचारी, नारी, वाहन चालकहरूको सहयोगले सोरेङमा 4 फरवरी 2013को दिन पार्टी खोलिएको बताए। त्यस समय आफू सिक्किम प्रेजातान्त्रिक मोर्चाको विधायक देखावटीरूपमा रहे पनि भित्र क्रान्तिकारी रहेको बताए। पूर्व सरकारको पैसा र प्रलोभनको कारण 2014-मा एसकेएमले सरकार गठन गर्न सकेको थिएन भन्दै 2014-मा एसकेएम पार्टीबाट जित्ने दस जना विधायकमा 7 जना एसडीएफ पार्टीको सरकारमा बिक्रि भएको पनि आरोप लगाए। उनले सिक्किमको इतिहासमा सत्ताच्यूत भएको पार्टी कहिल्यै सरकारमा आउने गरेको थिएन भन्दै 2014-मा हारेपनि 2019-मा आफूहरू सरकारमा आउन सक्षम भएर इतिहास तोडेको बताए। एसकेएम पार्टीको सरकार गठन भएपछि सिक्किममा प्रजातन्त्रको पुनर्वहाली भएको जानकारी दिए। मुख्यमन्त्री गोलेले पश्चिम सिक्किमको रिञ्जेबुङ निवासी स्व. एनके गुरुङको पनि एसडीएफ पार्टीले षड्यन्त्र पूर्वक हत्या गरेको आरोप लगाए। जनताले आफूलाई सरकारमा पुऱ्याएको भएपनि आफू मुख्यमन्त्री होइन पार्टीको अध्यक्ष भएर काम गर्न रुचाउने विचार व्यक्त गरेका छन्। पूर्व सरकारले सिक्किमालई पूर्ण रूपमा अपाहिज गरेको र अहिले आफूले जीर्णोद्धार गर्ने काम गर्ने काम शुरु गरेका छौं। पूर्व सरकारले जीर्णोद्धार पनि गर्न नसक्ने स्थितिमा पुऱ्याएको थियो अब हामी यसलाई जीर्णोद्धार होइन पुनर्निमाण गर्ने काममा लागेका छौं भने।

उनले एसकेएम पार्टीको सरकारमा कुनै पनि सरकारी कर्मचारीहरूलाई एक्सटेन्सन नदिएको जानकारी दिँदै पुराना कर्मचारीहरूबिना विभाग चल्न नसक्ने भए कारण उनीहरूलाई दुई चार जनालाई री-इम्प्लोइमेण्ट दिएको र यसले कसैको पदोन्नति अनि कसैलई नयाँ नियुक्तिमा समस्या नहुने बताए। मुख्यमन्त्रीले हालै नियुक्त गरिएका मुख्यमन्त्रीका ओएसडी सुनिल सरौगीको नियुक्तिलाई राजनीतिक नियुक्ति रहेको र यसले रूल फोरफोर-को कुनै उल्लङ्घन नहुने पनि जानकारी दिए। सुनील सरोगीली सरकारबाट दिल्लीमा कुनैपनि कार्यालय, वाहन, अनि सेलेरी नलिएको र भोलेण्टियरको रूपमा सिक्किमको विकासमा सहयोग गर्ने विचार राखेपछि उनलाई नियुक्त गरिएको हो भने। यसरी नै उनले सिक्किमका मुख्य आर्थिक सल्लाहकार डा. महेन्द्र पी. लामाको नियुक्तिमा पनि ठूलो बयान दिएका छन्। उनले डा. लामालाई महिनाको60 हजार रुपियाँको तनखा दिएको र उनलाई वाहन अनि कार्यालय नदिइएको जानकारी दिए। उनले देशका प्रधानमन्त्रीको भीजन डकमेण्ट 2035-मा डा. लामालाई राखिएको कारण उनीबाट सिक्किमलाई पनि फायदा हुन्छ भऩ्ने उद्देश्यले राज्य सरकारमा राखिएको जानकारी दिए। यस अतिरिक्त सिक्किमको भिजिलेन्स विभागमा दुई वर्षको निम्ति सीबीआई-का अवकाशप्राप्त 4 जना अधिकारीहरूलाई नियुक्त गर्ने र उनीहरूको सहयोगले राज्यका भ्रष्टचारीहरूलाई सिकञ्जा कस्ने सरकारको निर्णय रहेको बताए। यसरी नै उनले 8 वर्ष अघिदेखि अस्थायीरूपमा काम गर्दै आएका कर्मचारीहरूलाई स्थायी गराउने 31 दिसम्बर 2018-सम्ममा 5 वर्षको सरकारी सेवा पुऱ्याइसकेका कर्मचारीहरूलाई स्थायी गर्ने, होम गार्डहरूलाई 8 वर्षमा स्थायी गर्ने, पूर्व सरकारद्वारा जुनियर लेवलमा राखिएका वाहन चालक आदिको जुनियर पद हटाएर सबैलाई बराबरीको दर्जा दिने, आईआरबी, एसएपी साथै सिक्किम पुलिसका निम्त तहका पदमा काम गर्ने कर्मचारीहरूलाई प्रमोसन दिएर कन्स्टेबल बनाउने घोषणा गरे। मुख्यमन्त्रीले सरकारी कर्मचारीहरूको निम्ति बीमा गर्ने योजनाहरू ल्याउने पनि जानकारी दिए।

मुख्यमन्त्री यस अघि एसकेएम पार्टीमा सहयोग पुऱ्याउने जनता अनि पार्टीका कार्यकर्ताहरूलाई कहिल्यै धोका नदिने बताए। उनले चुनाउ अघि जनतालाई दिएको वचन र घोषणा पत्रमा उल्लेख गरेका कुराहरू मार्च महिनामा हुने बजेट सेशनरमा राखिने छ। 25 वर्षमा नगरेका कुराहरू पाँच वर्षमा पूरा गर्ने वचन दिँदै मुख्यमन्त्री गोलेले सरकार गठन भएको दिनदेखि नै सरकारको खर्च घटाउने काम शुरु गरिएको बताए। खर्च घटाएर भीआईपी परम्परालाई निर्मूल पारिएको बताउँदै मन्त्रीहरूलाई स्कूलको कार्यक्रम, जन्म दिवससम्ममा बोलाउँदा हुने बताए। पहिले राजालाई भेट्न सजिलो हुन्थ्यो तर मुख्यमन्त्रीलाई भेट्न गाह्रो थियो भन्दै मुख्यमन्त्रीले फरवरी र मार्च भरि कुनै कार्यक्रममा नबोलाइदिने अपील गरे। जतिको दुःख र कष्ट यो पार्टीमा हुँदा कार्यकर्ता र आफूले भोगेको छ अनि अब अहिलेसम्म जति माफ दियो, माफ गऱ्यो त्यो गऱ्यो अब हामी माफ गर्नेवाला छैन। हामी कसैलाई बद्ला लिनु होइन तर यस्ता शोषकहरूलाई ठिक नपारी सिक्किम बद्लिने रहेनछ भन्ने थाहा पाएँ। हामीलाई सताउनेलाई सरकारले एक्सन लिँदा कसैले आफ्नो पर्छ नाता गोता पर्छ भनेर नभन्नुहोला। कसैलाई सरुवा गर्छु भन्दा पनि मिन्तोकगाङमा फोन पुऱ्याउनेहरूलाई पार्टीका कार्यकर्ताहरूले नै आफ्नो नाता गोता भित्र पर्छ भन्ने गरेका छन्। यदी 2019-मा एसकेएम सरकार नआएको भए तपाईँहरूको के हालत हुन्थ्यो भन्दै आफ्ना नाता गोता पर्ने भएपनि आँखा चिम्लेर सरकारलाई कार्वाही गर्न सहयोग गर्नुपर्छ। सरकार भएपछि लाटाले पनि चलाउँछ तर जसले सिक्किम बिगारेको छ त्यसलाई छोड्नेवाला छैनौं अनि सिक्किम बिगार्नको निम्ति ज-जस्ले पूर्व मुख्यमन्त्री पवन चामलिङलाई सघाएको छ ती सबैलाई एक्सन लिने छौं। मैं हूँ भन्ने नेता र 25 वर्ष सरकार चलाएको पार्टी एक महिनामा चकनाचूर भयो। आज सिक्किम र सिक्किमे जनताले फालिसकेपछि, मतदान नपाएपछि विदेशमा गएर राजनीति गर्न खोज्दैछ। 25 वर्षसम्म मुख्यमन्त्रीको पदमा रहँदा नभनेको कुरा पदबाट हटेपछि आज नेपालमा गएर म त खोटाङ कै हो नी, मेरा बाजे यहाँबाट गएको हो नी भन्न थालेका छन्। एक समयमा दोहोरो नागरिकता भएको मान्छेले अहिले आफैं नेपालको हो भनेर प्रमाण गरेको छ। नेपालमा कतै आफू मौका पाउँछु की भनेर राजनीति गर्ने सोच राखेको छ भन्दै नेपाललाई पनि सचेत गराएका छन्। बाहिरका मान्छेलाई मुख्यमन्त्री बनाउँदा कसरी सिक्किमलाई राम्रो गर्थ्यो त भन्दै भारत सरकारले यसमा के गर्छ त्यो भारत सरकारको काम हो भनेका छन्। जात र वर्गमा टुक्र्याएको सिक्किमलाई कानुनन रुपमा अघि बढाउने बताए।
दया मायाले सरकार नचल्ला जस्तो छ भन्दै उनले दया मायासँगै दण्ड दिने काम शुरु गर्नेछौं। सरकारी कर्मचारीहरूलाई माया गरेर 4 शनिबारको दिन छुट्टी दिइएको थियो तर शनिबार दिइएको छुट्टीको सही उपभोग नभएको कारण यसलाई घटाएर दोस्रो अनि अन्तिम शनिबार छुट्टी दिइने बताए। पूर्व सरकारमा निर्माण कार्य शुरु गरिएका कामहरू पूरा गर्न वर्तमान सरकारले आरम्भ गरेको बताउँदै एसकेएम पार्टीले पूरा गरेको बबताए। राजधानी गान्तोकमा निर्माण गरिएको ठाकरबाडी मन्दिरको उद्घाटन आगामी मार्च 5 या 6 तारिक देशका उपराष्ट्रपतिको बाहुलीबाट उद्घाटन गरिने बताए।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!