Loading... आजः शनिबार , श्रावण १२, २०८१

पवन चामलिङ नयाँ वर्षमा समर्थकहरूसित खुलेर नाचे फेरि भने, एसडीएफको विकल्प एसडीएफ मात्रै हो


नाम्ची, 2 जनवरी। सिक्किम डेमोक्रेटिक फ्रन्ट (एसडीएफ) को सिक्किममा विकल्प नरहेको एसडीएफ पार्टीका अध्यक्ष तथा पूर्व मुख्यमन्त्री पवन चामलिङले पुनः ठोकुवा गरेका छन्। नयाँ वर्षको अवसरमा आयोजित एक कार्यक्रमबीच नाम्ची घुर्पिसेमा पत्रकारहरूसित कुराकानी गर्दै अध्यक्ष चामलिङले भने राज्यमा सत्ता परिवर्तन भएर नयाँ पार्टीको सरकार गठन त भयो तर एसडीएफ पार्टीको विकल्प भने हुन सकेको छैन्। सिक्किममा एसडीएफको विकल्प भनेको एसडीएफ नै हो। हामी भविष्यमा पुनः सत्तामा फर्किआउनेछौं। एसडीएफ पार्टी के हो सिक्किमे जनतालाई चिनाइरहने जरूरत छैन् समयमा पुनः जनता एसडीएफ पार्टीमा जोडिनेछन्। अहिले पनि जनताले एसडीएफ पार्टी छोडेका छैनन्। नेताहरूले पार्टी छोडे उनीहरू आफ्नो स्वार्थको लागी एसडीएफमा थिए त्यसत्ता नेताहरूले पार्टी छोड्दा एसडीएफलाई कुनै फरक पर्दैन एसडीएफ अहिले शुद्धिकरणको प्रक्रियामा छ। एसडीएफ पार्टी शुद्ध हुँदैछ हामी शुद्ध र चोखो एसडीएफ लिएर जनतामा जानेछौं।
पार्टीको सांगठनीक गतिविधिलाई कहिलेदेखि अघि बढाउने भन्ने प्रश्नको जवाफ दिँदै उनले भने, पार्टीको कामै भनेको संगठन बनाउनु हो अहिले संगठन बनाउने काम भइरहेको छ। यसमा कुनै शंकै छैन हामी काम गरिरहेका छौं।
नयाँ सरकारको कार्यपद्धतीमाथि प्रश्न गर्दा उनले भने, जस्तो पार्टीको नीति हुन्छ त्यसै अनुरूप सरकार चल्छ अहिले एसकेएमको सरकार उनीहरूकै नीति अनुरूप चलिरहेको छ। एसकेएमको सरकार यस्तो भयो उस्तो भयो भनेर अहिले टिप्पणी गर्न चहान्न जनता आफैले बुझ्नेछन्। राज्यको एक वरिष्ठ नेता तथा पूर्व मुख्यमन्त्रीको रूपमा वर्तमान सरकारलाई मेरो तर्फबाट सकरात्मक सहयोग हुनेछ, सकरात्मक पक्षमा म सधैं नै सहयोग गर्नेछु, उनले थपे। नयाँ वर्षको राज्यवासीलाई शुभकामना दिँदै उनले भने सिक्किमको शान्ति, भाइचारा, एकता र जुन सुनाम छ त्यो सधैँ बाँचिरहोस म नयाँ वर्षमा राज्यवासीलाई यही शुभकामना दिन चहान्छु।

पवन चामलिङ हिज आज किन चुप छ भनि गरिएको प्रश्नमा उनले भने, पवन चामलिङ चुप छैन गर्नुपर्ने काम गरिरहेको छ। जनता संगको सम्पर्क भइनैरहेको छ। नाम्ची घुर्पिसे स्थित उनको वासस्थानमा एसडीएफ पार्टीका समर्थक तथा उनका शुभचिन्तकहरू भेला भएर उनलाई नयाँवर्षको शुभकामना व्यक्त गरे भने यसैक्रममा उनले पार्टी कार्यकर्ताहरूसित छुट्टै छुट्टै बैठक पनि गरे। एसडीएफ अध्यक्षले 2020 को एसडीएफ पार्टीको क्यालेण्डर पनि विमोचन गरेका थिए। नयाँ वर्षको अवसरमा आयोजित प्रितीभोज कार्यक्रममा आफ्नो समर्थकहरूसित खुलेर नाचगान गरेका थिए जुन अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!