Loading... आजः शनिबार , श्रावण १२, २०८१

पवन चाम्लिङ नफर्किँदै राजा ज्ञानेन्द्र सिक्किम भ्रमणमा !


फाइल तस्बिर

सिक्किमका पूर्व मुख्यमन्त्री तथा एसडीएफ पार्टीका अध्यक्ष डा. पवन चामलिङ नेपाल भ्रमणमा रहेकै अवस्था राजा ज्ञानेन्द्र शाह सिलिगुडी हुँदै सिक्किम र दार्जिलिङका लागि प्रस्थान गर्नुभएको छ। राजा ज्ञानेन्द्र शाह र पत्नी कोमल शाह झापाबाट आइतबार सिलिगुडीतर्फ प्रस्थान गर्नुभएको छ। प्राप्त जानकारीअनुसार उहाँहरु आफन्तहरुसहित सिलिगुडीतर्फ जानुभएको छ।

पश्चिम बंगाल र सिक्किमको करिब साताव्यापी यात्रामा राजारानीसहितकाे टोलीले गान्ताेक र दार्जिलिङको पनि यात्रा गर्ने बताइएको छ। राजारानी झापाको दमकबाट आइतबार सिलिगुडीतर्फ प्रस्थान गर्नुभएको हो।

Insert your Ads code here

दार्जिलिङमा स्कुलतर्फको अध्ययन गरेका राजाले दार्जिलिङ यात्राका क्रममा अाफुले अध्ययन गरेको स्कुलको भ्रमण पनि गर्ने बुझिएको छ।

राजा ज्ञानेन्द्र शाह र सिक्किमका पूर्व मुख्यमन्त्री पवन चामलिङका बीच ब्यापारीक सम्बन्ध पनि रहेको सिक्किममा गत निर्वाचनको समय एसकेएम पार्टीका नेताहरूले प्रचारकाेे अजेण्डा बनाएबाट पनि बुझ्न सकिन्छ। यसका अतिरिक्त यी दुईकाबीच अापसी सम्बन्ध पनि रहेको छ। राजनीतिक रुपमा पनि पवन चामलिङ र राजा ज्ञानेन्द्र शाह नजिक रहेको देखिन्छ। पवन चाम्लिङ एनडीए गठबन्धनका सदस्य हुन, जाे भाजपासँग सम्बन्धित छ। भाजपा नेपालमा हिन्दुराज्य हुनुपर्ने पक्षमा रहेको देखिन्छ। यसर्थ पनि राजा ज्ञानेन्द्र शाहको सिक्किम र दार्जिलिङ भ्रमणकाे अर्थ रहेको बुझ्न कठिन छैन।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!