Loading... आजः शनिबार , श्रावण १२, २०८१

पश्चिम जिल्लामा लकडाउन असल ढङ्गमा पालन गरेका छौं भने कोविड-19 सित लड्न जिल्ला पूर्ण तयार छः जिल्लापाल बोन्पो


गेजिङ, 26 अप्रेल। विश्व माहामारी बनेको कोविड19को प्रकोपसित जुझ्न पश्चिम जिल्लाले पूर्ण तयारी गरिराखेको अनि स्वास्थ्, आवश्यक सामाग्रीको बन्दोबस्त पुरा गरिएको तथा लकडाउनको असल ढङ्गमा पालन गरिरहेको जिल्लापाल कर्मा आर बोन्पोले बाताएका छन्। जिल्लापाल बोन्पोले पत्रकारहरूसित कुराकानी गर्दै भने, केन्द्र सरकार र राज्य सरकारको दिशालाई शुरुमा लकडाउनलाई गम्भीरतासित लागु गर्ने अनि संक्रमणलाई आउन नदिनु तथा यसबारे केन्द्र सरकारले दिएको निर्देशलाई पूर्ण रूपमा पालन गरेको छ। शुरूको दिनदेखि नै बजार र गाउँमा पुलिस प्रशासन र एसडीएममार्फत सबैले पालन गऱ्यो।

जिल्लामा लकडाउन पूर्ण रूपमा सफल छ भन्दै जिल्लापाल बोन्पोले भने, यातायात पूर्ण रूपमा थप्प पारेर आवश्यक सामाग्री र चिकित्साको निम्ति मात्र एक एकवटा वाहन राखेको कारण मानिसहरूलाई अऩावश्यक हिँडडुल गर्न पूर्ण रूपमा बन्द राखेको छ। यसैगरि जिल्लापालले राहत वितरणमा पनि पहल सही रूपमा गरिएको बताए। उनले भने, हामीले राहत वितरण पनि बीडीओ, पञ्चायत, सामाजिक कार्यकर्ता र एनजीओ मार्फत गरिएको हुनाले सबैलाई सुविधासित प्राप्त गर्न सक्यो। यसरी नै उनले भने, अब समाजको आर्थिकरूपमा निम्न स्तरमा रहेकाहरूको निम्ति आर्थिक सुयोग प्रदान गर्न एमजी नरेगा र अप्रवासी मजदूरहरूको निम्ति सड़क निर्माण, कार्पेटिङ , भवन बनाउने जस्ता कार्यहरू शुरू गरेका छौं। यसैगरि वर्खा लाग्न अगाडि नै सबै काम सक्ने निर्णय़ गरेको तथा वर्खा लाग्न अगाडि खाद्यान्न पनि जगेरा गरिरहेको बताए। सबै रासन दोकानलाई सिलगढीबाट खाद्यन चाँडो भण्डारण ग्रने अनि तीन महिना पुग्ने सामान भण्डारण गर्ने साथै हप्ताभरि ठूलो टाटाहरूको निम्ति पास जारी गरिएको उनले जनाकारी दिए।
अर्कोतिर पश्चिम जिल्लाको चिकित्सकीय तयारबारे बताउँदै जिल्लापाल बोन्पोले भने, चिकित्सामा आयुष अस्पतालमा 20 पलङ युक्त आइसोलेशन वार्ड बनाएका छौ अनि शंका लागेकाहरूको स्वाबको नमुना पनि यहीबाट सङ्कलन गरेर सोझै सिलगढी पठाउने गरेको अनि भविष्यको निम्ति 10 वटा आइसीयू बनाउने निर्णय गरिएको छ। उनले आम चिकित्साको निम्ति अनि कोरोना संक्रमणको निम्ति अलग अलग चिकिस्ता सेवा उपलब्ध गराउने दिशामा काम भएको बताए। उनले भने, कोविड-19 अस्पतालको निम्ति आयुष अस्पताललाई निर्माण गरेका छौं। यसको मुख्य उद्देश्य आम बिरामी र कोविड 19 को उपचार अलग अलग भएको खण्डमा संक्रमणको सम्भावना घटाउनु हो। यसैगरि जिल्लाको प्राथमिक स्वास्थ्य केन्द्र र जिल्ला अस्पतालहरूमा पनि फ्लू क्लिनिक खोलेको बताए। यसको निम्ति सतर्कता पुर्ण रूपमा लिएको बताए। स्वास्थ्य कर्मीहरूको सुरक्षाको निम्ति सुरक्षाको सबै संसाधन उपलब्ध रहेको अनि स्वास्थ्य सेवा सुविधाको हिसाबमा कोविड 19 सित लड्न पूर्ण क्षमता रहेको साथै चिकित्सक र पैरा मेडिकल पनि नियुक्त गरेर सबै चिकित्सकिय सुविधा सुनिश्चित राखिएको जिल्लापाल बोन्पोले बताए।
अर्कोतिर पश्चिम जिल्लाको दूर्गम गाउँहरूमा समेत राहतको रूपमा खाद्यन्न पुऱ्याउने अनि लकडाउनको समय रहेको आवश्यकतालाई ध्यानमा राखेर सबै जिम्मेवारी फेयर प्राइस सपलाई दिइरहेको जिल्लापाल बोन्पोले जानकारी दिएका छन्।अहिले सबै सप्लाई दूर्गम गाउँमा पुगिरहेको अनि भावि दिनलाई ध्यानमा राखेर दूर्गम गाउँ कर्जी माङनामको निम्ति वैकल्पिक मार्ग राबोङबाट माङनाम सड़क खोलेर राबोङबाट माङनाम जोड्ने काम हुँदै गरेको अनि चाँडै उक्त मार्ग सुचारू हुने बताए।
अर्कोतिर जिल्लाका किसानहरूलाई आर्थिक चाप नपरोस भन्ने उद्देश्यले जिल्ला प्रशासनले व्यवस्था सुनिश्चित गरेको बताए। उनले भने, पश्चिम जिल्ला सब्जी उत्पादनमा राम्रो छ कृषिलाई लकडाउनबाट छुट दिएको छ । किसानले खेतमा काम गर्न सक्दैछन् हाम्रोमा वागवाणीमा सक्रिय भएको कारण सब्जी संकलन गरेर मुख्य बजारमा पुऱ्याउने गरेका छन् भने उब्रेको सब्जी गान्तोक र सिलगढीमा पनि पठाउने काम गरिरेको छ यसको निम्ति ट्रकको अनुमति सजिलै दिइएको छ। किसानहरूको उत्पादनले घाटा खप्नु परेको छैन कृषि वागवाणी विभागले राम्रो सहयोग गरेको छ उनले थपे।
अर्कोतिर लकडाउनबाट केही राहत पाएको समय राज्यका विद्यार्थी र कामदारहरू जो बाहिर गएका छन् उनीहरू फर्किआएको खण्डमा सुरक्षित राख्न क्वारेन्टिनको व्यवस्थामा अहिले तयारी चलिरहेको जिल्लापाल कर्मा आर बोन्पोले बताए। उनले भने, अहिलेसम्म रहेको 1 सय क्वारेन्टिन सुविधावलाई एक हजारको बनाउने पहल भइरहेको छ। अब विद्यार्थी र बाहिर काम गर्नेहरू आउछन् भने उनीहरूको निम्ति क्वारिन्टिन बनाउने पहल शुरु गरिएको छ। जसको निम्ति आवासीय स्कूल सिङथाङ आश्रम स्कूल, होटल, गेस्ट हाउसहरूलाई क्वारेन्टिनमा परिणत गर्ने निर्णय़ गरेको अनि अहिले सर्वेक्षण गरिरहेको बताए। यसलाई चिन्हित गरेर 3 मई भन्दा अगाडि नै सबै व्यवस्थ गर्ने पनि उनले जानकारी दिए। यसैगरि होटलहरूसित पनि चर्चा गरिसकेको बैगुनेको महिन्द्र रिसोर्ट तथा पेलिङको ठूला होटलहरूलाई पनि प्रयोग गर्ने निर्य़ण गरेको यसबारे उनीहरूले स्वीकृति पनि दिएको बताए। अहिले जिल्लाबाहिर रहेका विद्यार्थी र काम गर्नेहरूको निम्ति आवश्यक सूची तयार गरिरहेको बताए। यस अतिरिक्त राज्य र केन्द्र सरकारको सबै निर्देशनलाई पालन गर्न तत्पर रहेको अनि राज्य सरकारको राहत वितरण सकिएको तथा अब चाँडै केन्द्र सरकारको राहत वितरण थाल्ने जानकारी दिए।

Please follow and like us:

Insert your Ads code here


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!