Loading... आजः शनिबार , श्रावण १२, २०८१

पश्चिम सिक्किमको आठवटा समष्टि असारे झरीले प्रभावित


सोरेङ, २८ जुन । लगातार परिरहेको असारे झरीले पश्चिम सिक्किमको आठैवटा समष्टिका जनजीवनलाई अस्तव्यस्त पारेका छन्। गाउँलाई अन्य भागसम्म जोड्ने दुई दर्जनभन्दा ज्यादा लिङ रोडहरु पैह्रोले बन्द गरेको जानकारी यस संवाददातालाई प्राप्त भएको छ। भल पैह्रोले धेरैजनाको घर र खेतीपाती क्षयक्षति गरेको जताततैबाट रिपोर्ट आइरहेको छ। साना-ठूला खोला नाला बौलाएर उर्लिएर बगिरहेको छ। यता सोरेङ महकुमा अन्तर्गत सोरेङ डाँडा बजारमा सोरेङ स्कुलको जमीन धस्किएर पार्किङ गरेर राखेको एउटा वाहनलाई क्षतिग्रस्त बनायो।

पैह्रोले पश्चिम जिल्लाको रेसी रिञ्चेपोङ रोड तीन किलोमिटरमा बन्द रह्यो। यसरी नै बर्मेक-लेक्सेप रोड, याक्सोम-टाँसिडिङ रोड, चोङराङ-लाब्दाङ रोड, यामताङ-फामताङ रोड, रिम्बी-खेचिपोखरी रोड, एनटीपीसीको आठौं किमि नजिक एनडीपी रोड, टिम्बुरबुङ रानीखोलामा सोरेङ-सोम्बारे रोड, तल्लो दोदक रोड, पिउरेटार रोड, सोम्बारे पुलिस बुथ नजिक सोम्बारे-हिले रोड, आन्देन-तारेभीर रोड, लोवर रुम्बुक रोडलाई पैह्रोले अवरुद्ध गरेको थियो।

सोरेङ-कलुक रोडको दोस्रो, तेस्रो, पाचौं, छैटौं र नवौं किलोमिटरमा जताततै पैह्रोले बाधित गरे। यद्यपि सम्बन्धित विभागको सक्रिय पहलमा वाहन आवतजावत शुरु भएको जानकारी पाइएको छ। सोरेङ-महकुमा अन्तर्गत छोटा साम्दुङ-मजुवा रोड पनि पैह्रोले फस्ट किलोमिटरमा बन्द गरे। यसरी नै च्याखुङ-खानिशिर्बुङ रोड आठौं किलोमिटरमा पैह्रोले अवरोध गरे। बुदाङ-मालबाँसेको व्यस्त रोडलाई पैह्रोले छैटौं किलोमिटरमा छेकेर वाहन चलाचलमा ठूलो समस्या खडा गर्यो-। यसरी नै शिरिबदम-मंगलबारे रोड पनि दोस्रो र तेस्रो किलोमिटरमा बाधित रह्यो।

Insert your Ads code here

गए राति दुई घण्टा जति आएको मुसलधारे पानी र निरन्तर झिमझिमे असारे झरीको फलस्वरूप सानो-ठूलो पैह्रोले जनजीवनलाई अस्तव्यस्त बनायो। प्रायःजसो वाहनहरु आज आफ्नो गन्तव्यसम्म पुग्न सकेनन्। सम्बन्धित विभागले जग्गा जग्गामा मेसिन लगाएर सडकलाई खोल्न ढुङ्गा-हिलो सोर्ने काममा तीव्रता ल्याएको अधिकारीहरुले जानकारी गराएको छ।

पैह्रोले टिम्बुरबुङस्थित वार्ड नम्बर १ निवासी कमल प्रसाद भट्टराईको मुख्यमन्त्री ग्रामीण आवास योजना अन्तर्गत निर्माणधीन अवस्थामा रहेको घरलाई पैह्रोले तान्ने अवस्था पुर्यामएको छ। यसरी नै टिम्बुरबुङ ब्लक कै तीन नम्बर वार्ड निवासी रोशन कार्कीको बिलडिङमा भलपैह्रो पसेर व्यापक क्षति गरेको छ। सोरेङ ब्लकका बुद्धिराज सुब्बा, मनसिंह सुब्बा र सुकराज सुब्बाको घरलाई पनि पैह्रोले जमीन चर्काएर क्षति पुर्याबएको जानकारी पाइएको छ। मुख्यमन्त्री पीएस गोलेका पैतृक गाउँ सिङलिङ ब्लकमा पनि धेरै मानिसको जमीनलाई सानोतिनो पैह्रोले क्षयक्षति पुर्या एको रिपोर्ट प्राप्त भएको छ। आज आइतबार सरकारी विदा रहेता पनि सम्बन्धित निकायमा अधिकारीहरुले पैह्रो पीडित जनताको घरमा पुगेर क्षयक्षतिको विस्तृत जानकारी लिएका छन्। (सरोज गुरुङ)

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!