Loading... आजः शनिबार , श्रावण १२, २०८१

पहिलाको सरकारले निर्दोषमाथि झुटो मुद्दा लगाएर जेल हाल्यो भन्नु जनतालाई भेडा बाख्रा सम्झिनु होः केबी राई


गान्तोक, 12 अगस्त। सिक्किम रिपब्लिकन पार्टी (एसआरपी) का संयोजक केबी राईले सत्तारुढ़ एसकेएम पार्टीद्वारा पालित जन उन्मुक्ति दिवस मुख्यमन्त्री पीएस गोलेले एक वर्षे जेलको सजाय काटेर आएको दिनलाई जन उन्मुक्ति दिवस भनी पालना गरिएको हो भनी व्यंग्यात्मक शब्दमा तिखो टिप्पणी गरेका छन्। एसआरपी अध्यक्षको बयानमा उक्त कार्यक्रममा पार्टी अध्यक्ष तथा मुख्यमन्त्री गोलेले जुन जुन कुराहरु उठान गरे त्यो जनसरोकारका विषय भएकोले सिक्किम रिपब्लिकन पार्टीले ती विषयहरुलाई गम्भीरतापूर्वक लिएको बताएका छन्। अध्यक्ष राईले भनेका छन्, मुख्यमन्त्रीले विगत सरकारले पनि व्यक्ति पुजाको चरममा पुगेर 22 जुनलाई क्रान्ति दिवस र 22 सेप्टेम्बरलाई गरीबी उन्मुलन दिवस जस्ता शब्दश्रंङ्गारले भरिएका दिवसहरु वर्षेनी मनाएको कुरा आज पनि आलै छ। त्यसता दिवसहरुको पालनाले सिक्किमे समाजले के सफलता प्राप्त गर्न सके त भन्ने प्रश्नै भएर रहेको छ भने तर हामी भन्दछौं कि सिक्किमे जनताको व्यवहारिक प्रजातन्त्रको चीरकालीन सपना अधुरै रहिआएको छ। परिवर्तनको नारामा आएको वर्तमान सरकार पूर्ण रुपमा व्यत्ति केन्द्रित र अघिल्लो सरकारको नयाँ संस्करण भन्नुमा एकै सुत भिन्नता हुनेछैन, अध्य़क्ष राईले भनेका छन्।
अध्यक्ष राईले मुख्यमन्त्रीको सम्बोधनलाई केलाउँदै भनेका छन् ,कथित जन-उन्मुक्ति दिवसमा मुख्यमन्त्रीले जनताको काम गर्न नदिने बोजुले आईतबार बार्छिन भने जस्तै दस वर्षको समय माग्नु सचेत जनताको अघि एउटा भद्दा मजाक भएको ठहर गर्दछ। मुख्यमन्त्री जस्तो गरिमामय पदमा आसिन व्यक्तिले सफेद झुटको अभिव्यक्ति दिंदै पहिलाको सरकारले निर्दोषमाथि झुटो मुद्दा लगाएर जेल हाल्यो भन्नु जनतालाई भेडा बाख्रा सम्झिनु हो। उऩले अझ भनेका छन्, विशाल भारतको लोकतन्त्रमा न्यायपालिका स्वतन्त्र संवैधानिक निकाय हो यदि न्यापालिका पनि सत्ताको ईशारामा चल्छ भने सत्तारुढ़ पार्टीले हिजो पीएस गोलेमाथि अदालतले सुनाएको फसेला विरुद्ध अर्को मुद्दा दायर गरेर अदालतबाटै आफुलाई निर्दोष साबित गर्न सक्नुपर्छ। किनभने मुख्यमन्त्रीको उक्त वयान विधिको शासनप्रणाली माथिको ठाड़ो हस्तक्षेप हो। न्यायपलिकाको अवमानना हो राईले भनेका छन्।
आज विश्व नै कोरोनाको महामारीको चपेटामा परेको हुनाले सरकारलाई भन्ने बहाना प्राप्त भएको छ। नत्र यो सरकार आफ्ना घोषणाहरु पूर्ण गर्ने काममा पूर्णतया विफल बनिसकेको छ। जनतालाई मुर्ख सम्झने काकाकुलहरुले अन्तत: जन अदालतको कठघरामा उभिनै पर्नेछ। वर्तमान सरकारले शब्द मोहमा जनता भुल्याऊने भ्रम नपालेर जनपक्षीय काम गरोस भन्ने अपेक्षा हामी राख्छौं राईले जोडे़। हामी चहान्छौं परिवर्तनको नारामा आएको सरकार जनताको हाँसो नबनोस् भनि एसआरपी अध्यक्षले चेताउनी पनि दिएका छन्।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!