Loading... आजः शनिबार , श्रावण १२, २०८१

पहिलोपटक चीनको सिमानामा सशस्त्रको सीमाचौकी स्थापना


चीनसँग सिमाना जोडिएको नेपालको संखुवासभाको किमाथांकामा सशस्त्र प्रहरी बल नेपालले सीमाचौकी (बोडर आउट पोस्ट) स्थापना गरेको छ। हिजो मंगलबार सशस्त्र प्रहरी बल मुख्यालय १ नम्बर बराह बाहिनीका बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक नगेन्द्रबहादुर थापा र संखुवासभाका प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद दुलालले सीमाचौकीको उद्घाटन गर्नु भएको नेपाल खबर अनलाइनले लेखेको छ। उत्तरी सिमानामा सशस्त्र प्रहरी बलको यो पहिलो सीमाचौकी (बोडर आउट पोस्ट) हो।

सो सीमाचौकी स्थापनाको लागि सोमबार पूर्ब क्षेत्रबाट सशस्त्र प्रहरी निरीक्षकको कमान्डमा सशस्त्र प्रहरी बलको टोलीलाई नेपाली सेनाको हेलिकोप्टरमार्फत किमाथांका लगिएको थियो। स्थानीय व्यक्तिका २ तले २ घर भाडामा लिएर सो सीमाचौकी स्थापना गरिएको सशस्त्र प्रहरी बलले जनाएको छ।

सीमाचौकी स्थापना गरिएको स्थान संखुवासभाको सदरमुकाम खाँदबारीबाट ११० कीमी टाढा र नेपाल–चीन सीमाबाट १ कीमीको दूरीमा रहेको छ। यो सीमाचौकीसँगै सशस्त्र प्रहरीको सीमाचौकी संख्या ११२ पुगेको छ र अन्य थप स्थानमा समेत सीमाचौकी स्थापना गर्ने कार्य अगाडि बढिरहेको सशस्त्र प्रहरी बलले बताएको छ।

Insert your Ads code here

केही दिनअघि नेपाल सरकारले सशस्त्र प्रहरी बलको १ सय १४ नयाँ सीमाचौकी (बीओपी) स्थापना गर्ने योजना अनुसार नै यी बीओपी स्थापना भएको सशस्त्र प्रहरी बलले जनाएको छ।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!