Loading... आजः शनिबार , माघ ५, २०८१

पाँच नम्बर प्रदेशले किसानलाई ५७ करोड राहत प्याकेज दिने


नेपालको प्रदेश ५ भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले लकडाउनका कारण क्षति बेहोरेका किसानका लागि ५७ करोड रुपियाँको राहत प्याकेज ल्याउने तयारी गरेको छ। अहिलेको प्रतिकूल परिस्थितिमा दुग्ध उत्पादक, अण्डा, चल्ला र कुखुरा उत्पादकलगायतका किसान बढी मर्कामा परेको हुँदा उनीहरूलाई लक्षित गरी उक्त रकम बराबरको राहत वितरणको प्रस्ताव गरिएको मन्त्रालयले जनाएको गोरखापत्र अनलाइनले लेखेको छ।

प्रदेश ५ को कृषि वन तथा वातावरण समितिको वैठकमा समितिका सदस्यले राखेको जिज्ञासाको जवाफ दिँदै मन्त्री आरती पौडेलले स्थानीय कृषि उत्पादन, वितरण, बजार व्यवस्थापन र पीडित किसानलाई राहत वितरणको कार्य अझै प्रभावकारी बनाउने विषयमा तयारी भइरहेको जानकारी दिनुभएको छ।

त्यस अवसरमा उहाँले किसानलाई राहत दिन मन्त्रालयले ५७ करोड बराबरको राहत प्याकेज ल्याउने तयारी गरेको जानकारी दिँदै प्रक्रिया पूरा गरी किसानलाई वितरण गरिने बताउनुभयो।

Insert your Ads code here

समितिका सदस्यले खेतीको मौसम नजिक आएको हुँदा मल, बीउ र कीटनाशक औषधि बिक्री गर्ने पसल तथा एग्रोभेट लकडाउनको अवधिमा समेत खुला गर्नुपर्ने, धानको बीउ, मललगायत अत्यावश्यक वस्तुको सरल र सहज उपलब्धता सुनिश्चित गर्नुपर्ने विषयमा मन्त्रालयको ध्यानाकर्षण गराउनुभएको थियो। त्यसैगरी समितिका सदस्यहरूले फौजी कीराको प्रकोपका साथै केही दिनअघि प्रदेशमा आएको असिना पानीले पीडित किसानलाई मन्त्रालयले उपलब्ध गराउने राहत वितरणमा पीडित किसानलाई समेत सामेल गर्नुपर्नेलगायत ध्यानाकर्षण गराउनुभएको थियो।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!