Loading... आजः शनिबार , श्रावण १२, २०८१

पाँच वर्षभित्र नेपालका सबै कृषियोग्य जमीनमा सिँचाइ पुग्ने


नेपालको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले आगामी पाँच वर्षभित्र सवै कृषियोग्य जमीनमा सिँचाइ पुर्‍याउने लक्ष्य अघि सारेको छ। जलस्रोतको अधिकतम उपयोग गरी कृषियोग्य जमीनमा वर्षैभरी भरपर्दो सिँचाइ सेवा पु-याउने गरी पाँच वर्षे योजना अघि सारेको कारोबार अनलाइनले लेखेको छ। कुल १ करोड ४७ लाख १८ हजार एक सय हेक्टर कुल क्षेत्र रहेकोमा नेपालमा कुल कृषियोग्य क्षेत्रफल २६ लाख ४१ हजार हेक्टर र कुल सिञ्चाइ योग्य क्षेत्रफल १७ लाख ६६ हजार हेक्टर छ। मन्त्रालयका अनुसार हालसम्म सतह सिँचाइबाट ९ लाख ९६ हजार ९ सय १७ हेक्टरमा र भूमिगत सिँचाइबाट ४ लाख ७९ हजार ८ सय १४ हेक्टर गरी १४ लाख ७६ हजार ७ सय ३१ हेक्टरमा सिँचाइ सुविधा पुगिसकेको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले आगामी पाँच वर्षभित्र सवै कृषियोग्य जमीनमा सिँचाइ पु-याउने लक्ष्य अघि सारेको छ।

जलस्रोतको अधिकतम उपयोग गरी कृषियोग्य जमीनमा वर्षैभरी भरपर्दो सिँचाइ सेवा पु-याउने गरी पाँच वर्षे योजना अघि सारेको हो। कुल १ करोड ४७ लाख १८ हजार एक सय हेक्टर कुल क्षेत्र रहेकोमा नेपालमा कुल कृषियोग्य क्षेत्रफल २६ लाख ४१ हजार हेक्टर र कुल सिञ्चाइ योग्य क्षेत्रफल १७ लाख ६६ हजार हेक्टर छ।

मन्त्रालयका अनुसार हालसम्म सतह सिँचाइबाट ९ लाख ९६ हजार ९ सय १७ हेक्टरमा र भूमिगत सिँचाइबाट ४ लाख ७९ हजार ८ सय १४ हेक्टर गरी १४ लाख ७६ हजार ७ सय ३१ हेक्टरमा सिँचाइ सुविधा पुगिसकेको छ। मन्त्रालयले तयार पारेको राष्ट्रिय जलस्रोत रणनीति तथा राष्ट्रिय जल योजनाको अवधारणा बनाई आगामी पाँच वर्षभित्र सबै कृषियोग्य जमीनमा सिँचाइ पु-याउने योजना राखिएको मन्त्रालयका सचिव रवीन्द्रनाथ श्रेष्ठले जानकारी दिनुभयो। “चार राष्ट्रिय गौरवका आयोजनासहित धेरै आयोजनाहरूमार्फत सिँचाइलाई कृषियोग्य जमीनसम्म पु-याउने गरी योजना अघि बढेको छ,” उहाँले भन्नुभयो, “कतिपय पहिला निर्माण भएका आयोजनाहरूको जीर्ण भएकोले त्यसको पुनः मर्मत गरी सञ्चालनका लागि पनि योजना अघि बढाएका छौं।”

Insert your Ads code here

मन्त्रालयले सतह सिँचाइतर्फ रानी जमरा कुलरिया, बबई, भेरी बबई, सिक्टा सिँचाइ, सुनकोशी मरिन, महाकाली, प्रगन्न तथा बडकापथ, बाग्मती, सुनसरी मोरङ, पालुगटार कुण्डुटार र वृहत दाङ सिँचाइ गरी ११ वटा योजना अघि बढाएको मन्त्रालयले अघि बढाएको छ। २०७९-०८० भित्र सम्पन्न हुने भेरी बबई डाईभर्सन बहुउद्देश्यीय आयोजनाबाट ५१ हजार हेक्टरमा सिँचाइ गर्ने लक्ष्य राखिएको छ भने सोही समयमा निर्माण सम्पन्न हुने राष्ट्रिय गौरवको बबई सिँचाइ आयोजनाबाट ३६ हजार हेक्टर जमीनमा सिँचाइ पुग्ने मन्त्रालयले जनाएको छ।

त्यसैगरी २०८०-०८१भित्र सम्पन्न हुने लक्ष्य राखिएको राष्ट्रिय गौरवकै रानी जमरा गुलरिया सिँचाइबाट ३८ हजार ३ सय हेक्टर र एक वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको सिक्टा सिँचाइबाट ४२ हजार ७ सय ६६ हेक्टर जमीनमा सिँचाइ पु-याउने योजना मन्त्रालयको छ। मन्त्रालयका अनुसार, २०८२-०८३ मा सम्पन्न हुने महाकाली सिँचाइबाट ३३ हजार ५ सय २० हेक्टर, २०७९-०८० मा निर्माण सम्पन्न हुने बडकापथ सिँचाइबाट ४ हजार हेक्टरमा सिँचाइ पु-याउने लक्ष्य राखेको मन्त्रालयले बाग्मती सिँचाइ आयोजनाबाट पहिलो चरणमा ६८ हजार हेक्टर तथा दोस्रो चरणमा सुनकोशीको पानी मरिन खोलामा डाईभर्सन गरेपछि थप ५४ हजार हेक्टरमा सिँचाइ पु-याउने लक्ष्य राखेको छ।

कालीगण्डकी तिनाउ डाइभर्सन र तमोर चिस्याङ डाइभर्सनसमेत अघि बढाउन लागेको मन्त्रालयले राष्ट्रिय खाद्य सुरक्षाको अवस्थामा सुधार गर्ने उद्देश्यसहित समुदाय व्यवस्थित सिञ्चित कृषि क्षेत्र आयोजना पनि अघि बढाएको छ। एशियाली विकास बैक (एडीबी) र ओएफआईडीको सहयोगमा अघि बढेको सो आयोजना अन्र्तगत सन् २०२२ सम्ममा मुख्य बालीहरूको उत्पादन तथा उत्पादकत्वमा ३० प्रतिशत वृद्धि गर्ने लक्ष्य राखिएको छ।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!