Loading... आजः शनिबार , श्रावण १२, २०८१

पाकिम विमानस्थलबाट स्पाइसजेटको सेवा अझ अनिश्चित


विमानस्थलमा रेडियो नेविकेसन लगाउने अहिलेसम्म पर्याप्त जग्गा बनिएको छैन- निर्देशक शाह

Insert your Ads code here

गान्तोक, 17 मई। विश्व महामारी कोविड-19को प्रकोपले गर्दा विश्व भरि नै हवाई सेवा प्रभावित भएको छ। जसले मुख्य रूपमा पर्यटन व्यवसाय पूर्णरूपमै ध्वस्त बनेको छ। हिमाली राज्य सिक्किमको मुख्य पेशा भनेकै पर्यटन हो भने यसलाई पुनः मूलधारमा ल्याउन पर्यटन हितधारकहरूको संयुक्त वैठकले केही दिन अघि कोरोना ग्रीन जोनबाट सिक्किममा हवाई मार्गमार्फत पर्यटन भित्र्याउने प्रस्ताव ग्रहण गरेको छ।

जसको निम्ति राज्य सरकारलाई पहल गरिदिने अनुरोध गर्ने पनि निर्णय गरिसकेको छ भने सिक्किमको एकलो हवाई अड्डाको स्थिति बारे लिइएको जानकारीमा अहिलेसम्म विमास्थल पूर्ण रखरखाउनमा रहेको अनि सुचारू गर्नको निम्ति चार घण्टा अगावै नोटिस दिएको खण्डमा सञ्चालन शुरु गर्न सकिने विमान स्थलका निर्देशक राम तानु शाहले बताएका छन्।
उनले भने, गत वर्ष 1 जूनदेखि अहिलेसम्म विमानस्थलबाट उडान रोकिएको छ। अहिलेसम्म यसबारेमा उडान योजना अन्तर्गत हवाई सेवा सञ्चालन गरिरहेको स्पाइस जेटसित पनि कुनै सम्पर्क हुन सकेको छैन तर विमानस्थलको विस्तार र रखरखाउको काम भने द्रूतरूपमा चलिरहेको छ। जसले गर्दा विमान स्थललाई कुनै पनि समय प्रयोग गर्न सकिन्छ। यसको निम्ति हामीलाई चार घण्टा अगाडी नोटिश दियोभने विमान अवतरण र उडानको निम्ति तयार हुनेछ। अर्कोतिर अहिलेसम्म हवाईअड्डाबाट उडान भर्ने कुनै निर्देश नपाएको अनि भारत सरकारद्वारा उडान योजना अन्तर्गत स्पाइस जेटको सेवामा गौहाट्टी र कोलकाताबाट उडान सञ्चालन गरिरहेको थियो भने मौसमकै कारण रोकिएको तर अहिलेसम्म खोल्न नसकिएको बताउँदै आफूले सम्पर्क गर्दा पनि स्पाइस जेटसँग सम्पर्क हुननसकेको साथै राज्य सरकारबाट पनि यसबारे सोधखोज भएको हुनसक्ने बताए। अहिलेसम्म स्पाइसजेट बाट भने कुनै खबर आएको छैन।

अर्कोतिर सिक्किम उच्च न्यायालयले गरेको प्रश्नको सबै जवाफ आफ्नो पक्षबाट पठाइसकेको बताए। तर यहाँ सबैभन्दा ठूलो समस्या भनेको भीजीविलिटी कम्ति हुनु नै मुख्य समस्या रहेको र पाँच किलोमिटर भित्र भिजीविलिटी हुनुपर्ने जो हुन नसक्दा अधिकाङ्श उडान रद्द हुनुपरेको बताए। अर्कोतिर जमीन अधिग्रहण र जमीन दाताहरूको क्षतिपूर्तीको बिच चलिरहेको विवादहरू अहिले साम्य भएको र सरकारले क्षतिपूर्ती दिन साथै त्यसैको भोलिपल्टदेखि जमीनदाताहरूले काम गर्न दिएपछि धावन मार्गको चौडाइको विस्तारमा काम शुरु भएको र विमानस्थलको पश्चिम तिरको पहाडलाई काटेर धावन मार्गको बीचबाट हुनुपर्ने 75 मिटरको बेसिक वीप विस्तार गर्ने काम भइरहेको र अहिले 75 मिटर हुनुपर्नेमा 40 मिटर बनाउन सकेको तथा लकडाउन र मौसमको कारणले अझै काम हुन बाँकि रहेको बताए।

अर्कोतिर यो बेसिक वीपको काम पूरा भएपछि रेडियो नेविगेसन सिस्टम र अन्य यन्त्र जडान गर्न सकिने र हिले भने यसको निम्ति पर्याप्त ठाउँ नरहेको बताए। गान्तोकदेखि 31 किलोमिटरको टाडोमा रहेको यो हवाईअड्डालाई सामरिक दृष्टिकोणले महत्वपूर्ण मानिन्छ। यहाँबाट भारत चीन सीमाको नाथुला भञ्ज्याङ लगभग 61 किलोमिटर टाडो छ भने चर्चित भारत चीन र भोटाङको ट्राई जङ्सनमा पर्ने डोकलाम केवल 54 किलोमिटर रहेको छ। सामरिक दृष्टिकोणले हेर्नुहो भने यो महत्वपूर्ण यसकारण पनि छ किनभने गतवर्ष जनवरी महिनामा भारतीय वायु सेनाको एनटानोप-32 विमानको सफल अवतरण गरिएको थियो। यसभन्दा अघि पनि 2018मा उद्घाटन अगावै वायु सेनाले डोनियर-228 अवतरण गराइसकेकोछ।

अण्टानोप-32 को सफल अवतरणले सेना र आवश्यक सामानहरू यस क्षेत्रमा ओसार्न धेरै सुविधा हुने बताइएको छ। अन्त्यमा मौसमलाई नै मुख्य रूपमा हर्ने हो भने पर्यटन हितधारकहरूले हवाईमार्गबाट ग्रीन जोनका पर्यटकहरू भित्र्याउने दिशामा पहल शुरु भएको भए पनि आउँदो पर्यटकीय मौसमबाट भने हुनसक्ने तर अहिले वर्खा शुरु भएकोले वाहन अवतरणमा पुनः भिजिविलिटीकै समस्या हुने निश्चित रहेको निर्देशक शाहले बताएका छन्।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!