Loading... आजः शनिबार , श्रावण १२, २०८१

पाथिभरा म्याराथनमा सहभागि हुन सिक्किमका पाँच धावक प्रस्थान


गान्तोक 22 फरवरी। छिमेकी राष्ट्र नेपालको ताप्लेजुङमा पाथिभरा म्याराथन तता मेची पर्यटन महोत्सव मूल सारोह समिति ताप्लेजुङले आयोजन गरेको पाथीभरा अन्तराष्ट्रिय म्याराथन तथा मेची पर्यटन महोत्सव 2020 मा सहभागी हुन सिक्किमका पाँचजना धावक नेपाल प्रस्थान गरेका छन्। सिक्किमका म्याराथनम्यानको नामले चिनिने धावक अमर सुब्बाको नेतृत्वमा रहेको उनकै प्रशिक्षणमा रहेका युवा धावक केसाङला भोटिया, शिवहाङ सुब्बा, बुद्धसिंह सुब्बा र जतिन छेत्री साथमा रहेका छन्। अन्तरराष्ट्रिय म्याराथनमा सहभागी हुन आज सिक्किमबाट धावकहरू नेपाल प्रस्थान भएका छन्। म्याराथन आगामी 25 फरवरीको दिन हुनेछ। सिक्किमबाट प्रस्थान गर्न अघि आफ्नो मन्तव्य व्यक्त गर्दै धावक सुब्बाले भने, हामी राम्रो प्रदर्शन गर्नसक्छौं भन्ने आशा गरेका छौं। म्याराथन निक्कै कठीन रहेको छ अनि 13 हजार फिटसम्म कुद्नुपर्ने रहेछ आशा गरेकाछौं सहभागीहरूले राम्रो प्रदर्शन गर्नेछौं युवा धावकहरूले कम्तीमा टप 3 मा आउने आशा साचेको बताए। पाथीभरा मन्दीर जाने पहिलो मौका रहेको अनि सबैले चिताएको पुगोस भन्ने कामना राख्ने पनि बताए। उनले सिक्किम र सबैतिरका शुभचिन्तकहरूको सुख शान्तिको मन्दीरमा कामना पनि राख्ने बताए। उनले सबै शुभचिन्तकहरूको आशा र माया निरन्तर रहोस भन्ने कामना पनि गरेका छन्। उनले यो म्याराथनजस्तो अन्तरराष्ट्रीय स्तरको प्रतियोगितामा सहभागी भएर भारतलाई प्रतिनिधित्व गर्न पाउँदा खुसी र गर्वबोध भएको पनि बताएका छन्।
नेपाल भ्रमण वर्ष 2020 को अवसरमा आयोजित म्याराथन बाहेक ताप्लेजुङ बजारको आकर्षण सजावट सहीत कलश यात्राबाट कार्यकर्मको शुभारमभ हुनेछ। जसमा पाथीभरा अन्तराष्ट्रिय म्याराथन प्रतियोगिता (पुरूष तथा महिला) कञ्चनडङ्गा लगायत पर्यचनकिय क्षेत्रको हेलिकप्टर अवलोकन, प्याराग्लाइडिङ प्रदर्शनी, वृत्तचित्र प्रदर्शन, पर्यटकीय फोटो प्रदर्शन, फुङफुङे झरना अवलोकन, भेडीगोठ अवलोकन, चौरी प्रदर्शन, कृषि तथा औद्योगिक उत्पादन प्रदर्शन स्थानयी खाद्य परिकार महोच्सव, लोक झाँकी प्रदर्शन न्तराष्टरिय स्तरको बुद्धिचाल प्रतियोगिता, मेयरकप भलिबल प्रतियोगिता तथा विविध मनोरञ्जनात्मक खेलहरू, राष्ट्रिय तता स्थानीयकलाकाहरूको साँस्कृतिक प्रस्तुति आदी रहेको बताइएको छ। महोत्सवको अवधिभर विदेशी तीर्थयात्रीहरूका लागि ताप्लेजुङ बजारबाट पाथीभरा यात्रामा निःशुल्क दुइतर्फी यातायात सेवा पनि प्रदान गरिने आयोजक समितिले बताएको छ।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!