Loading... आजः शनिबार , श्रावण १२, २०८१

पार्क गरिराखेको यति एयरको जहाजको पखेटामा बुद्धको जहाजले १ इन्च छोयाे


त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा बुद्ध एयरको जहाजले यति एयरको जहाजलाई ठोकेको छ। सोमबार बिहान ८ बजे विमानस्थलमा रोकेर राखेको यतिको विमानलाई बुद्धको विमानले ठोकेको हो।

बुद्धको विमान जनकपुरको लागि उडान भर्दै थियो। घटानाले जहाजमा कुनै क्षति नभएको विमानस्थलका प्रवक्ता देवचन्द्रलाल कर्णले जानकारी दिए।

‘जनकपुर उड्न लागेको बुद्धको जहाजले पार्क गरिराखेको यति एयरको जहाजको पखेटामा १ इन्च छोएको थियो’, प्रवक्ता कर्णले भने, ‘जहाजमा कुनै क्षति भएन।’ अन्नपूर्ण पाेष्ट अनलाइनले लेखेको छ।

Insert your Ads code here
Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!