Loading... आजः शनिबार , श्रावण १२, २०८१

पार्टी विघटन कुनै हालतमा हुदैन : वरिष्ट नेता नेपाल


नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधव नेपालले पार्टी विगठन कुनै पनि हालतमा नहुने बताएका छन्। धनगढीमा प्रदेश स्तरीय कार्यकर्ता प्रशिक्षणलाई सम्बोधन गर्दै नेता नेपालले पार्टी विघटनको दिशा कसैले सोचेको भएको त्यो सपना पूरा नहुने बताएका हुन्।

‘पार्टीलाई सुदृढ गर्नको कुनै पनि विकल्प छैन्। सक्रिय नेता कार्यकर्तालाई ठाउँ दिन नसक्दा टुङगोमा पुग्न सकेन’ नेता नेपालले भने ‘विगतमा भएका त्रुटिहरुलाई केलाउँदै अगाडि बढ्नु अहिलेको आवश्यकता हो। इतिहासले हामीलाई जिम्मेवारी दिएको छ। चुनौतीलाई पार गर्नु नै अहिलेको टट्कारो आवश्यकता देखिएको छ।’

‘देशको हितमा छ भने अहिले पास हुन्छ’ उनले भने ‘अहितमा भए कुनै पनि हालतमा पास हुनेवाला छैन्।’

Insert your Ads code here

परियोजना धेरै भएर पनि प्रगति १० प्रतिशत पनि नभएमा त्यसको कुनै औचित्य नभएको उनको धारणा थियो। जनताले कामको प्रतिफल खोजेको भन्दै जनचाहना अनुसार काम गर्नु नै अहिलेको आवश्यकता रहेको औँल्याए।

उनले नेता कार्यकर्तालाई सामाजिक सञ्जालमा गीत गाउनुभन्दा पनि विभिन्न तहका बैठकमा आफ्नो कुरा राख्न आग्रह गरे।

त्यस्तै नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले दुई ठूलो पार्टी एक भएपछि तल्लो तहका कमिटी एक भएर समाज विकासको बाटोतर्फ उन्मुख हुन अहिलेको आवश्कता भएको उल्लेख गरे। गुटउपगुटको अन्त्य नभएसम्म पार्टी एक हुन नसक्ने उनको भनाई थियो।

कार्यक्रममा अर्का नेता स्थायी सचिवालय सदस्य तथा रक्षामन्त्रीसमेत रहेका ईश्वर पोखेरलले नेकपा धेरै अप्ठ्याराहरुलाई पार गदैँ अगाडि बढेकाले पार्टीभित्रको समस्याहरु समाधान गर्न सक्षम रहेको दावी गरे। ‘जनताको चाहना अनुसार दुई पार्टी एकिकरण भएका हुन्’ उनले भने। ‘राष्ट्रिय आवश्कता पुरा गर्न नेकपाको काँधमा छ।’अन्नपूर्ण पाेष्ट अनलाइनले लेखेको छ।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!