Loading... आजः मंगलबार , माघ १, २०८१

पालिकाको गाडी एम्बुलेन्सको रुपमा प्रयोगमा ल्याइने


बर्दिया,गेरुवा

गेरुवा गाउँपालिकाको गाडीलाई जनसेवामा समर्पित गर्दै एम्बुलेन्सको रुपमा प्रयोग गरिने कोरोनाबाट संक्रमित भएकाहरुले बेलैमा एम्बुलेन्स प्राप्त गरेर अस्पताल जान नसकेको बेला अहिलेको स्वास्थ्य सम्बन्धी विषम परिस्थितिलाई ख्याल गर्दै गाउँपालिकाले प्रयोग गर्दै आएको गाउँपालिकाको बा २ झ ३७२९ नम्बरको स्कार्पियो गाडीलाई समेत जनसेवामा समर्पित गर्दै निशुल्क एम्बुलेन्स को रुपमा प्रयोग गर्ने निर्णय गरेको अध्यक्ष जमान सिंह के.सी.ले बताएका छन । आईतवार विज्ञप्ति प्रकासित गरी अध्यक्ष के.सी.ले कोरोनाको बढ्दो संक्रमणका कारण बिरामीले समयमा एम्बुलेन्ससमेत नपाउने गरेको गुनासो आएकोले बिरामीलाई अस्पतालसम्म लैजान र घरसम्म ल्याउने कार्यको लागि गाडी प्रयोग गर्न दिएको जनाएका छन । “तोकिएका सवारी साधन प्रयोग गर्न गाउँपालिका कार्यालय अथवा फोन नं. ९८४८४४९१३४ ÷ ९८४८११३८८७ मा सम्पर्क गर्न सकिने छ । यो संकटको घडीमा गाउँपालिकामा रहेका ट्रेक्टर र आफू आफ्नै मोटरसाइकल प्रयोग गरेर नगरवासीको सेवामा सदैव समर्पित हुने पनि जानकारी गराउँदछौं” के.सी.ले प्रकासित गरेको विज्ञप्तिमा भनिएको छ ।

Please follow and like us:

Insert your Ads code here


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!