बाँकेको नेपालगञ्जमा सुरु भएको प्रधानमन्त्री कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला भलिबलको छैटौं संस्करणमा सशस्त्र प्रहरी बलको एपिएफले विजयी सुरुवात गरेको छ।
आइतबार नेपालगञ्जस्थित रंङ्गशालाको कवर्डहलमा भएको पहिलो खेलमा एपिएफले नेपाली सेनाको त्रिभुवन क्लबलाई ३-१ सेटमा पराजित गर्दै विजयी सुरुवात गरेको हो। एपिएफले २३–२५, २७–२५, २५–१७ र २५–२३ को प्रतिष्पर्धात्मक सेटमा नेपाली सेनालाई हराउँदै एपिएफले विजयी सुरुवात गर्न सफल भयो। प्रतियोगितामा नेपाल एपीएफ क्लब, नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, न्यू डायमण्ड एकेडेमी, भारतीय टिम पश्चिम बंगाल र एसएसबी लखनउ गरी ६ टिमले सहभागिता जनाएको प्रतियोगिता संयोजक प्रदेश सांसद कृष्णा केसी (नमुना) ले जानकारी दिनुभयो।
आगामी २२ गतेसम्म चल्ने प्रतियोगिताको आज एक समारोहका बिच प्रदेश ५ सरकारका मुख्यमन्त्री शंकर पोखरेलले गर्नुभएको थियो। उदघाटन समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री पोखरेलले प्रधानमन्त्री कप महिला भलिबल खेलको छटौं संस्करणले अन्तरराष्ट्रिय महिला भलिबल खेलाडि जन्माउने बिश्वास ब्यक्त गर्नुभयो।
उहांले प्रतियोगिता आयोजनाको संयोजन गर्ने गर्ने प्रदेश सभाका महिला सभासद तथा बांकेका स्थानीयतहका उपाध्यक्षहरुलाई धन्यबाद ब्यक्त गर्नुभयो। छैठौं संस्करणसम्म आइपुगेको प्रधानमन्त्री भलिबल कप प्रतियोगितामा प्रथम हुने टिमले दुई लाख, उपविजेतालाई एक लाख र तृतीय हुने टिमलाई ५० हजार रुपैयाँ पुरस्कार सहित ट्रफी पाउनेछन्।