Loading... आजः शनिबार , श्रावण १२, २०८१

पुनः कुलमान बिधुत प्राधिकरणमा नियुक्त


काठमाण्डौ २७ साउन ।

नेपाल बिधुत प्राधिकरणको कार्यकारी निर्दैशकमा कुलमान घिसिङले ११ महिना पछी पुनः पद बहाल गरेका छन । ४ बर्षे कार्यकाल सकेर गतबर्ष भदौमा बिदा भएका उनलाई सोमबारको मन्त्री परिषद बैठकले पुनः सोहि पदमा नियुक्त गरेको हो । यसअघि गतबर्ष नियुक्त भएका कार्यकरी निर्देशक हितेन्द्र देब शाक्यलाई भने सरकारले सेवा सुबिधा नघट्ने गरी जल तथा उर्जा आयोगमा लैजाने निर्णय पनि गरेको थियो ।
प्राधिकरणको नेतृत्वमा रहेका बेला लोडसेडिङ अन्त्यसँगै विद्युतचुहावट नियन्त्रणमा उल्लेख्य सफलता हात पारेपछि कुलमानको लोकप्रियता बढेको थियो । त्यस्तै, प्राधिकरणलाई सबैभन्दा बढी नाफा कमाउने संस्थानका रूपमा समेत घिसिङले स्थापित गरेका थिए । पछिल्लो समय चुहावट नियन्त्रण गर्न नसकेको, व्यवसायीसँग डेडिकेटेड र ट्रंक लाइनको महसुल उठाउन नसकेको भन्दै प्रश्न उठेपछि उर्जामन्त्री पम्फा भुसालले कुलमानलाई नै कार्यकारी निर्देशक बनाउने तयारी गरेकी थिइन यसकोलागी उनले केही दिनअघि प्राधिकरणका वर्तमान कार्यकारी निर्देशक शाक्य संग छलफल गर्दा शाक्यले सरकारले आफुलाई अपमानित तबरले हटाए अदातल जाने तर यदि उचित ढंगले अर्को जिम्मेवारी दिए स्वीकार गर्ने बताउनु भएको थिए ।

Please follow and like us:

Insert your Ads code here


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!