Loading... आजः शनिबार , श्रावण १२, २०८१

पुनर्जागरण अभियानद्वारा स्थानीय निकायको अनुगमन तीब्र पारिने


राजनीतिक विश्लेषक तथा राष्ट्रबादी नेता भरत दाहाल नेतृत्वको राष्ट्रिय पुनर्जागरण अभियान चितवन जिल्ला समिति नविन गैरेको अध्यक्षतामा पुनर्गठन भएको छ।

केन्द्रिय सदस्य नारायण दवाडीको विशेष उपस्थितिमा शाखा पुनर्गठन भएको हो। भेलाले जिल्ला शाखा पुनर्गठन गरेको हो। समितिको सचिवमा मेघराज पौडेल र कोषाध्यक्षमा तीर्थ परियार सर्वसम्मत चयन हुनुभएको छ।

तेत्तिस सदस्यिय जिल्ला समिति गठन गरेको सो भेलाले सुर्य बराल, कपिल अज्ञात र नबिन अधिकारी लाई सल्लाहकार चयन समेत गरेको छ।

Insert your Ads code here

भेलाले मोहन आचार्यको संयोजकत्वमा जिल्ला अनुगमन समिति पनि गठन गरेको छ। महानगपालिका, नगरपालिका र गाउँपालिका अनुगमन गरी समितिले कर संकलन, खर्च, पारदर्शसिता लगायतका विषयमा स्थानीय निकायको अनुगमन गर्ने र सो को जानकारी जनस्तरमा लैजाने र अनियमितता वा अपव्यय विरुद्द स्थानीय स्तरमा संघर्ष चर्काउने निर्णय गरिएको छ।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!