Loading... आजः शुक्रबार , श्रावण ११, २०८१

पुरानो एसटीएनएममा शुरु भयो ओपीडी सेवा


गान्तोक, 27 जुलाई। सिक्किमको स्वास्थ्य विभागले आज सोमबारदेखि पुरानो एसटीएनएम अस्पतालमा गैर कोविड-19 ओपीडी सेवा शुरु गरेको छ। चिकित्सक लगायत 47 जनाको कार्यबल रहेको यो सेवाले अस्पतालको सबै ठूला विभागहरू सम्हाल्नेछ। जसमा मेडिसियन, सर्जरी, सुपरस्पिसियालिटी (यूरोलोजी, प्लाष्टो सर्जरी, ग्याट्राइटिस,बाल स्वास्थ्य, स्वास सम्बन्धि चिकित्सा, त्वचा सिकित्सा, बाल ओपीडी, स्त्री रोग, हड्डी सम्बन्धित रोग, क्लिनिक तथा ड्रेसिङ रूमपनि रहनेछ।
डा. नामग्याल सेङ्गाले दिएको जानकारी अनुसार यहाँबाट नै पञ्जिकरण र वितरण तथा फार्मेसि पनि सञ्चालन हुनेछ। उनले अझ बताइन्, ईएनटी, आँखा, अङ्कोलोजी, फिजियो थेरापी, मनो चिकित्सा, मुटुको रोग, दाँत सम्बन्धित विभाग धेरै ठूलाठूला मेशिन भएको कारण स्थानान्तरण गरिएको छैन।
उल्लेखनीय छ, गत सप्ताहदेखि नयाँ एसटीएनएम अस्पतालमा ओपीडी सेवा सञ्चालन नगर्ने निर्णय गरिएको थियो। एसटीएनएम अस्पतालमा बढ्दो कोरोना संक्रमणको कारण ओपीडी सेवा बन्द गरिएको हो। आज दिउँसो 1-30 बजीसम्म पुरानो एसटीएनएम अस्पतालमा 60 जना बिरामीले आफ्नो स्वास्थ्य जाँच गराएका थिए।
यसैगरी डा. सेङ्गाले आपतकालिन सेवाको निम्ति कुनै पनि मामिला आएको खण्डमा तयारी भइरहेको अनि कतिपयः स्वच्छता बारे कामि रहेको तर यसबारे अगावै विभागलाई सुचित गरिसकेको बताइन्। यसैगरी कार्मिक विभागलाई यस बारे जानकारी दिएको अनि 47 जना स्वास्थ्यकर्मी अहिले सेवामा रहेको बताइन्। उनले गान्तोक नगर निगमलाई छोटो समयमा नै अस्पताललाई साफ सफाई गरिदिएकोमा आभार प्रकट गरिन्छ।
आउँदो एक हप्ता भित्रमा एसटीएनएममा ओपीडी पूर्णरूपमा सञ्चालन हुने बताइऩ्। यसैगरी चाँडै सबै विभागमा थर्मल स्केनर पनि उपलब्ध हुने विश्वास व्यक्त गरिन्। उल्लेखनीय छ, नयाँ एसटीएनएममा ओपीडी सेवा बन्द भएपछि मणिपाल अस्पतालमा ओपीडी सञ्चालन भइरहेको थियो। अब भने बिरामीहरूले सोझै पुरानो एसटीएनएम अस्पतालमा आउट पेसेण्ट डिपार्टमेण्ट सेवा लिन सक्नेछन्।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!