Loading... आजः शनिबार , श्रावण १२, २०८१

पुरानो सदर थानामा शुरु भयो असिखछेबाकसं-को मुख्यालय


गान्तोक, 12 जुलाई। अखिल सिक्किम खस छेत्री बाहुन कल्याण संघको मुख्य कार्यालय राजधानी गान्तोकको पुरानो सदरथानामा आजदेखि शुरुवात भएको छ। मुख्यालयको शुरुवातसँगै संगठनको कार्यकारी समितिको बैठक आयोजन भएको थियो। बैठकमा सिङ्गो सङ्गठनले आफ्नो भातृ प्रकोष्ठहरू पनि गठन गर्दै युवा महिला प्रकोष्ठ साथै वरिष्ठ संरक्षक सल्लाहकार र महिला कार्यकारीहरूको चयन पनि गरेको अध्यक्ष राजू बस्नेतले बताए।
वैठकपछि पत्रकार सम्मेलन आयोजन गरेर 2019 सालको जनवरी महिनामा केन्द्र सरकारले अधिसूचित गरेको आर्थिकरूपले कम्जोर वर्गका मानिसहरूलाई प्रदान गरिने केन्द्र सरकारको नोकरीमा 10 प्रतिशत आरक्षण सिक्किममा लागू गर्ने अधिसूचना राज्य सरकारले हालै जारी गरिदिएकोमा संघको तर्फबाट सरकार प्रती आभार प्रकट गरे। उनले आफ्नो समुदायका युवाहरूलाई यसको लाभ लिने अनि आवश्यक दस्तावेजहरू सम्बन्धित निकायबाट निकाल्ने पनि आग्रह गरे। यसैगरी केन्द्रिय अन्य पछौटे वर्गको दर्जा प्राप्तिको निम्ति 2015 सालमा भएको सुनवाईको परिणाम अहिलेसम्म नआएको बताउँदै यसबारे राज्य सरकारले पहल गरिदिनुपर्ने अनि केन्द्र सरकारले उक्त सुनवाईको सकारात्मक परिणाम दिन असमर्थ भएको खण्डमा पुनः एकचोटी सुनावईको निम्ति राज्य सरकारबाट पहल गरिदिने पनि माग गरेका छन्।
अर्कोतिर सिक्किमका छुटेका 11 समुदायलाई केन्द्रिय जनजातिको मान्यताप्रदान गर्नुपर्ने अनि यसको निम्ति राज्य सरकारबाट निरन्तर भइरहेको पहललाई संघले निरन्तर समर्थन जनाउँदै चुडान्त निर्णयमा नपुगुञ्जेलसम्म कार्य जारी राख्ने प्रतिबद्धता बैठकमा जाहेर गरिएको बताए।
यसैगरी संघले छेत्री बाहुनहरूको सामुहिक हितको कुरालाई मात्र दिलोज्यानले समर्थन जनाउने तर व्यक्तिगत झैं झगडा र रीष इबीलाई कुनै प्रोत्साहन र सहयोग नपुऱ्याउने अध्यक्ष बस्नेतले स्पष्ट बताए। यस्तो गर्न संघको विधानले पनि नदिने उनले दाबी गरे। अर्कोतिर संघको निम्ति चाँडै नर्माण भवन प्रक्रिया थाल्ने अनि यसको निम्ति राज्य सराकरलाई आभार प्रकट पनि गरे। अर्कोतिर उनले संघद्वारा मुख्यमन्त्री राहत कोषमा 8 लाख रुपियाँ संघका सदस्यहरूको सहयोगले प्रदान गर्न सफल भएको बताउँदै सबै सदस्यलाई आभार प्रकट गरेभने अझै सरकारलाई महामारीसित लड्न धनराशीको खाँचो परेको हुनाले योगदान दिन चाहनेहरूले संघ मार्फत सहयोग दिनसक्ने बताए।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!