पुर्ण सरसफाईका लागि राजापुर नगरपालिकाकाे बसन्ता र कृष्णनगर अनुगमन
बदिया राजापुर /मंसिर ५
राजापुर नगरपालिकाको वडा नं ५ काे बसन्ता र कृष्णनगरटोललाई पुर्ण सरसफाई युक्त टोल घोषणाका लागि जिल्ला खानेपानी सरसफाई तथा स्वच्छता समन्वय समिती बर्दियाका संयोजक तथा जिल्ला समन्वय समिति बर्दियाका प्रमुख शंकर प्रसाद थारु,राजापुर नगरपालिका प्रमुख शिब प्रसाद चौधरीलगायतको टोलीले सुक्रबार अनुगमन गरेको छ ।
अनुगमनको क्रममा जिल्ला समन्वय समिति बर्दियाका प्रमुख शंकर प्रसाद थारुले यस अभियानलाई सफल बनाउन देखिएको प्रयास प्रति समुदायलाई धन्यवाद दिदै नेपाल सरकारको दिगो लक्ष्य प्राप्तका लागि यो अभियान सुरु भएको भन्दै यो अरुका लागि नभएर हामीसबैको लागि भएको बताउनु भयो ।
वहाँले नेपालसरकारले सरसफाईका लागि धेरै लगानी गरीरहेको , सरसफाई राम्रो नहुँदा रोगहरु धेरै बढ्ने भएकाले पुर्ण सरसफाईप्रति ध्यान दिनु पर्ने बताउनु भयो ।
राजापुरनगरपालिका प्रमुख शिब प्रसाद चौधरीले समुदायले ६ वटा सुचक भन्दा बढी नै कामहरु गरेकोमा खुसी व्यक्तगदै सरसफाई कै करण आज पार्क जस्तै देखीएको बताउनु भयो । यस्तै हामीले सानो मेहेन्त गरेमा आफ्नो ठाँउको विकास गर्न सक्ने बताउनु भयो ।
नगर प्रमुख चौधरीले आई.डि.एस नेपालले पुर्ण सरसफाई अभियानमा राम्रो काम गदै आइरहेको भन्दैधन्यवाद बताउनु भयो ।
जिल्ला समन्य अधिकारी कृष्ण बहादुर खड्काले नेपाल सरकारको यो अभियानलाई सफल बनाउन सबै लाग्नु भएकोमा धन्यवाद दिदै सरसफाईमा महिलाहरुको भुमिका सक्रियता अहम हुने भएको बताउदै अब सरसफाई संग सगै आर्थिक रुपमा सक्छेम बन्नका लागि व्यवसाय सोच लिएर अगाढी बढ्नुपर्ने बताउनु भयो ।
आई.डि.एस नेपालका जिल्ला संयोजक यज्ञ राज जोशीले अनुगमनको क्रममा समुदायले पुर्ण सरसफाईका ५ पल्स १सुचक भन्दा बढी नै काम गरेको बताउदै अब सरसफाईसंगसंगै व्यवहार परिवर्तनमा ध्यान दिनु पर्ने यस अभियानलाइृ सफल बनाउन वडा अध्यक्ष आफै खट्टीएर काम गदै आइरहेको ले गर्दा पनि अब चाडै नै पुर्ण सरसफाई वडा घोषणामा धेरै अगाडी बढेको बताउनु भयो ।
आई डि.एस नेपालका पालिका कोडिनेटर विनोद लामिछानेले राजापुर नगरपालिकाको धेरै वडाहरुमा पुर्ण सरसफाईका सुचकहरु पालनाको कामहरु भइरहेको बताउदै, अनुमानित राजापुर नगरपालिका वडा नं १ मा ९० प्रतिशत, वडा २मा ८० प्रतिशत, वडा नं ३ मा ७५ प्रतिशत, वडा न ं४मा ६० प्रतिशत वडा नं ५ मा ९५ प्रतिशत वडा नं ६ मा ८५ प्रतिशत वडा न ं७ मा ५५ प्रतिशत पुर्ण सरसफाई सुचकहरु पुरा भएको अनुमान गरिएको र वडा ८,९,१०मा पनि पुर्ण सरसफाईका सुचकका कामहरु भइरहेको बताउनु भयो ।
पूर्ण सरसफाइकालागी स्थानियहरुले वाटो–वाटोमा प्ले कार्ड, फोहर मलाई र घरघरमा शौचालय ,खानेपानी फिल्टर पानीको निकास लगायतको व्यवस्थापन गरेका छन् ।
GSF/UN HABITAT को सहयोगमा IDS NEPAL को सहजिकरणमा राजापुर नगरपालिकाको आयोजनामा कार्यक्रम गरिएको हो ।