बदिया राजापुर / कातिक २७
राजापुर नगरपालिका वडा नं५ को बसन्ता पारी र कृष्णनगर गाउले पुर्ण सरसफाइृको सुचकहरु पुरा गरेको बताउदै चाडपर्व, कोभिड र खेती पातिले गर्दा वडा नं. ५लाई राजापुर नगरपालिकाको पहिलो पुर्ण सरसफाई युक्त वडा घोषणाका लागि केही ढिलाई भएपनि मंसिर भित्र वडा नं ५ लाइपुर्ण सरसफाई वडा घोषणा गर्ने बताउनु भएको छ ।
Insert your Ads code here
गत सोमबार राजापुर नगरपालिका प्रमुख शिब प्रसाद चौधरी, उप प्रमुख मनकला कुमारी चौधरी, वडा अध्यक्ष रामबहादुर चौधरी, जिल्ला समन्वय समिति बर्दियाका सदस्य शान्ती चौधरी, राजापुर नगरपालिका प्रशासन शाखाका प्रमुख खड्ग बहादुर वली, आइ.डि.एस नेपालका बिनोद लामिछाने लगायतकाले बसन्ता पारी रहेको २२ घरधुरी र कृष्णनगर गाउका ४० घरधुरीको स्थलगत निरिक्षण गर्नु भएको थियो ।