गान्तोक,9 सेप्टेम्बर। सिक्किम पुलिसले रम्फू चेकपोष्टबाट बाहिरिन लागेका चारजना नाबालिकलाई जोगाएर अविभावकहरूलाई जिम्मा लगाएको छ। पुलिस सूत्रले दिएको जानकारी अनुसार रम्फू चेकपोष्टमा चारजना नाबालिक किशोरी रम्फू सीमानाबाट बाहिरिन लाग्दा सोधिखोजी गरेर तुरन्तै अविभावकहरूलाई सूचित गरेर जिम्मा लगाइएको छ। पूर्ण रूपमा सोधखोज पछि चारैजना नाबालिक किशोरीहरूलाई उनीहरूको वैध अविभावकहरूलाई हस्तान्तरण गरिएको छ। अविभावकहरूले पुलिसको यो महत कार्यकोरनिम्ति आभार प्रकट गरेका छन्। अर्कोतिर ती किशोरीलाई कसरी बाहिर लगिने प्रयास भइरहेको थियो त्यसबारे पुलिसले गम्भीर रूपमा छानबीन गरिरहेको पुलिस सूत्रले बताएको छ। उल्लेखनीय छ यस्तै प्रकारले धेरैचोटी सिक्किमकी किशोरी र नाबालकहरू मानव तस्करको शिकार हुने गरेको पाइन्छ। केही दिन अघिमात्र हरियाणाबाट सिक्किम पुलिसले एक किशोरीलाई तस्करको हातबाट मुक्त गरेर ल्याउन सफल भएको थियो।