Loading... आजः शनिबार , श्रावण १२, २०८१

पुष्पकमल दाहाललाई ताकेर जुत्ता प्रहार, प्रहार गरिएको जुत्ता उहाँलाई लागेन


नेकपा अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डमाथि राजधानीमा अायाेजित एक कार्यक्रममा जुत्ता प्रहार गरिएको छ। आइतबार दिउँसो काठमाडौंको प्रदर्शनीमार्गस्थित राष्ट्रियसभा गृहमा प्रचण्डमाथि जुत्ता प्रहार भएको हो। भरत मोहन अधिकारी फाउन्डेशन नेपालको कार्यक्रममा उहाँमाथि जुत्ता प्रहार भएको हो।

भरतमोहन स्मृतिसभा कार्यक्रम भृकुटीमण्डपमा नेकपा अध्यक्ष पुष्पकमल दाहाललाई ताकेर जुत्ता प्रहार, प्रहार गरिएको जुत्ताले भने उहाँलाई लागेन। दोषी जुम्लाका २२ बर्षे रतन तिरुवा गिरफ्तार भएका छन्। पहिले पनि प्रचण्डलाई उहाँकै एक कार्यकर्ताले थप्पड हानेका थिए।

प्रचण्डले वर्गसंघर्षकाे कुरा गर्न थाले मेरो पारा तात्यो, अनी जुता हाने : रतन तिरुवा

Insert your Ads code here

कार्यक्रममा प्रचण्ड प्रमुख अतिथीका रुपमा उपस्थित हुनुहुन्थ्यो। उहाँसँग मञ्चचमा राप्रपा संयुक्तका अध्यक्ष प्रकाश चन्द्र लोहनी पनि हुनुहुन्थ्यो। लोहनीले बोलिसकेपछि प्रचण्डले बाेल्नुभयो, उहाँ बोली सकेर आशनमा फर्किन लाग्दा अगाडी रहेका रतन तिरुवाले उहाँलाई ताकेर जुत्ता हानेका हुन्। कार्यक्रममा नेकपाका अन्य नेता साथै अन्य पार्टीका नेतालाई पनि निम्त्याइएको भए पनि प्रचण्ड र लोहनी मात्रै कार्यक्रममा सहभागी हुनुहुन्थ्यो। पक्राउ परेका रतन तिरुवाले भनेका छन्: प्रचण्डले वर्गसंघर्षकाे कुरा गर्न थाले मेरो पारा तात्यो, अनी जुता हाने। जुत्ता हानेका तिरुवालाई प्रहरीले पक्राउ गरिसकेपछि ट्रेड युनियनका नेता भोला पोखरेलको मोवाईल प्रहार र प्रचण्डका प्रेस सल्लाहकार विष्णु सापकोटाले दाैडदै अाएर लात्ताले हानेको दृश्य सार्वजनिक भएको छ।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!