Loading... आजः शनिबार , श्रावण १२, २०८१

पूरा समाजले ग्रामीण कृषि र किसानहरुको समस्यालाई महत्व दिनुपर्छ


सेप्टम्बर २४ तारिख तेस्रो चिनियाँ किसान दिवस हो। यस दिवसलाई किसानहरूले अन्नबाली भित्र्याउने महोत्सवको रूपमा मनाएका छन्। सो अवसरमा चीनका राष्ट्राध्यक्ष सी चिनफिङले देशभरि “तीन ग्रामीण” मोर्चामा काम गरिरहेका किसान तथा साथीहरुलाई हार्दिक बधाई व्यक्त गर्नुभएको छ।

यसका साथै राष्ट्राध्यक्ष सीले कृषि तथा ग्रामीण क्षेत्रहरूमा ध्यान दिने र किसानहरूको हेरचाह गर्ने बलियो वातावरणको पूर्ण समाजको गठन गर्न जोड दिनुभएको छ। उहाँको विचारमा ग्रामीण तथा कृषि क्षेत्र र किसानहरू जनजीविकाको आधार हो।

शरद ऋतु अन्न बाली भित्र्याउने समय हो। हाल चीनका विभिन्न क्षेत्रमा अन्न बाली भित्र्याउने दृश्यहरू देखिन्छन्। समग्र आर्थिक र सामाजिक स्थिरता कायम राख्नका लागि यी दृश्यहरूले समर्थन प्रदान गरेको छ।

Insert your Ads code here

किसानहरूलाई प्रशस्त अन्न उब्जनी हुने आशा छ। प्रशस्त अन्न भित्र्याएबाट मानिसहरूमा बलियो विश्वासको निर्माण हुन्छ। १.४ अर्ब जनसंख्या भएको ठूलो देशका लागि कृषिको आधारभूत स्थिति सधैँ नै महत्वपूर्ण छ। यदि अन्न आफ्नो हातमा छ भने डराउनु पर्दैन भन्ने कुरा सत्य हो। चामलको भण्डार जहिले पनि सुरक्षित राख्नुपर्दछ।

हामीले खेतमा कठिन काम गर्ने किसानहरूको प्रशंसा गर्नुपर्दछ। जो खाद्य सामग्री तथा कृषि उत्पादनका लागि पहिलो लाइनमा रहेर लडाइँ लडिरहेका हुन्छन्। खानाको कदर गर्छन्, गहन अर्थव्यवस्थाको अभ्यास गर्छन् र उनीहरू कडा परिश्रममा जिउँछन्।

त्यसैले सरकारले सबै तहमा पार्टी केन्द्रीय समितिको प्रमुख कार्य नीति “तीन ग्रामीण”लाई पूर्ण रूपमा कार्यान्वयन गर्नुपर्दछ र समग्र कृषि तथा ग्रामीण क्षेत्र र किसानका लागि राम्रो वातावरण बनाउनुपर्दछ। अनि गाउँले तथा कृषकहरूका साथै समग्र जनताको जीवन सुन्दर ढंगमा व्यतीत हुनेछ। समृद्धि हाम्रो आशा हो।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!