Loading... आजः शनिबार , श्रावण १२, २०८१

पूर्वप्रधानमन्त्री खनालद्वारा आगलागीको घटनाप्रति दुःख व्यक्त


पूर्वप्रधानमन्त्री झलनाथ खनालले गए राति इलामको माईजोगमाई गाउँपालिका–३ शुक्रबारेमा भएको आगलागीको घटनाप्रति दुःख व्यक्त गर्नुभएको छ।

इलाम क्षेत्र १ का सङ्घीय सांसद खनालले आज (मंगलबार) प्रेस विज्ञप्ति जारी गर्दै आगलागीबाट क्षति पुगेकाहरुलाई तत्काल राहत जुटाउन र यथाशक्य सहयोग गर्न आग्रह गर्नुभएको हो। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता खनालले पीडित परिवारलाई तत्काल उचित बसोबासको व्यवस्थाका साथै राहतको प्रबन्ध मिलाउन स्थानीय तह र सरोकार निकायलाई अनुरोध गर्नुभएको छ।

यसैबीच माईजोगमाई गाउँपालिकाले पीडित परिवारका लागि रु ५० हजार सहयोग गर्ने भएको छ। आगलागीबाट तीन घर जलेर पूर्ण नष्ट भएका छन्।

Insert your Ads code here
Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!