पूर्वसचिव अर्जुन कार्कीकी पत्नीको हत्या धारिलो हतियार प्रहार गरी भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ।
धारिलो हतियार प्रयोग गरेर हत्या गरेको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको हो। सोमबार कार्की बिहान सानेपास्थित आफ्नै निवासबाट मन्दिर गएर फर्कँदा पत्नी मुना कार्की अचेत अवस्थामा भेटिएकी थिइन् भने घरमै कामदारको रुपमा रहेका विजय चौधरी डोरीले झुण्डिएर आत्महत्या गरेको अवस्थामा भेटिएका थिए।
अचेत अवस्थामा रहेकी कार्कीकी पत्नी मुनाको उपचारको क्रममा मृत्यु भएको हो। बेहोस अवस्थामा भेटिएकी मुनालाई उपचारका लागि ललितपुरस्थित स्टार हस्पिटलमा लगिएको थियो।
Insert your Ads code here
महानगरीय प्रहरी परिसर ललिलपुरका प्रमुख एसएसपी टेक राईका अनुसार प्रहरीले घटनाको थप छानविन गरिरहेको छ।
घटना रहस्यमय देखिएको प्रहरीको भनाइ छ। महानगरीय प्रहरी अपराध महाशाखा र प्रहरी परिसर ललितपुरको टोलीले घटना भएको घरलाई घेरामा राखेर अनुसन्धान गरिरहेको छ।
कामदार झुण्डिएको अवस्थामा भेटिनु र श्रीमति पनि टाउकोमा चोट र नील डामसहित अचेत अवस्थामा भेटिएर मृत्यु हुनुले यो घटना निकै शंकास्पद भएको र एउटा संगठित हत्या हुनसक्ने आशंका गरिएको छ।
दुवै शव पोस्टमार्टमका लागि पाटन अस्पतालमा लगिएको छ। पोस्टमार्टमको रिपोर्ट आएपछि घट्नाको थप रहस्य खुल्ने राईले बताएकाे अन्नपूर्ण पाेष्ट अनलाइनले लेखेको छ।