Loading... आजः शनिबार , श्रावण १२, २०८१

पूर्वी नेपालको झापादेखि भारतको पश्चिम बंगालसम्म पाइपलाइन विछ्याइने


झापाको चारआलीदेखि पश्चिम बंगालको सिलगुडीसम्म पाइपलाइन विछ्याउने तयारी भएको छ। पुस २८ गते नयाँ दिल्लीमा नेपाल–भारत पेट्रोलियम तथा प्राकृतिक ग्याससम्बन्धी ‘ज्वाइन्ट वर्किङ ग्रुप’ को सहसचिवस्तरीय बैठकमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालले झापाको चारआलीदेखि पश्चिम बंगालको सिलगुडीसम्म पेट्रोलियम पाइपलाइन बिच्छ्याउन प्रस्ताव राखेको थियो।

त्यतिबेला भारतीय वाणिज्य तथा आपूर्ति मन्त्रालयले यसमा अध्ययन गर्ने जवाफ दिएको उद्योग मन्त्रालयका सहसचिव ध्रुब घिमिरेले बताउनुभयो। उहाँका अनुसार यसका लागि भारत–नेपाल संयुक्त अध्ययन टोली गठन गरिने छ।’टोलीले प्रि–भिजिविलिटी अध्ययन गरेर निकालेको प्रतिवेदनका आधारमा पेट्रोलियम पाइपलाइन बिच्छ्याउने काम अघि बढ्ने छ’, उहाँले भन्नुभयो।

नेपाल आयल निगमले इञ्जिनियरिङ संस्थानको सहयोगमा नेपालको तर्फबाट प्रि–भिजिविलिटी अध्ययन गरिसकेको बताएको छ।

Insert your Ads code here

पेट्रोलियम आयात सहज बनाउन झापाको चारआलीदेखि पश्चिम बंगालको सिलगुडीसम्म अन्तरदेशीय पेट्रोलियम पाइप लाइन निर्माण गर्न लागिएको हो।

चारआलीदेखि पश्चिम बंगालको सिलीगुडीसम्म पाइपलाइन मार्फत पेट्रोल ल्याउन सकिए निगमको ढुवानी खर्च बच्ने छ।

नेपाल र भारतको संयुक्त लगानीमा मोतीहारी–अमलेखगन्ज अन्तरदेशीय पेट्रोलियम पाइपलाइन निर्माण सम्पन्न भई भदौदेखि निगमले पाइपबाट डिजेल आयात गरिरहेको सेतोपाटी अनलाइनले जनाएको छ।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!