Loading... आजः शनिबार , श्रावण १२, २०८१

पूर्वोत्तरका युवाहरूका लागि आयोजित पाँचदिने कार्यशाला समापन


गान्तोक, 10 फरवरीः पूर्वोत्तर राज्यहरूका विभिन्न गैरसरकारी सङ्गठन (एनजीओ)-का प्रतिनिधिहरूका लागि बालुवाखानी, गान्तोकस्थित सीपीडब्लुडी भवनमा आयोजित पाँचदिने कार्यशाला आज समापन भयो। श्रम तथा रोजगार मन्त्रालयको दत्तोपन्त थेङ्गादी नेशनल बोर्ड फर वर्कर्स एजुकेशन एण्ड डेभलोपमेम्ट (डीटीएनबीडब्लुईडी), सिलगढ़ी क्षेत्र निर्देशालयद्वारा आयोजित यस कार्यशालामा जम्मा 30 जनाको सहभागिता रहेको थियो। गत 5 फरवरीदेखि आयोजित कार्यशालामा सिलगढ़ी शाखा निर्देशालय्न्तर्गत सिक्किम केन्द्रबाट 12 जना, मनिपुरको इम्पाल केन्द्रबाट 4 जना अनि असमको तीनसुकिया र गुवाहटी केन्द्रबाट 7-7 जनाको सहभागिता रहेको आयोजक डीटीएनबीडब्लुईडी), सिलगढ़ी क्षेत्र निर्देशालयका सिक्षा अधिकारी एस. भट्टचार्यले बताएका छन्।

भट्टचार्यले बताएअनुसार कार्यशालामा विभिन्न एनजीओका प्रतिनिधिहरूलाई स्वरोजगारी, नेतृत्व तथा क्षमता विकास, वाक क्षमता, मानव सशक्तीकरण, गैगिक समानता, विकास र स्वरोजगारको माध्यम पर्यटन, दीर्घमियादी विकास, मौलिक अधिकार र जिम्मेवारी आदि विषयमा विशेषज्ञहरूले जानकारी गराएका थिए। तालिममा मानव संसाधन विकास विभागबाट एचपी ढकाल, अवकाशप्राप्त अतिरिक्त निर्देशक डा. शान्ति छेत्री, विवेक छेत्री, दुर्गामणि खरेल, सुशिल खवास, सुश्री प्रार्थना घतानी, एस. भट्टचार्य र कृष्ण छेत्री सोधवक्ता रहेका थिए। यसबाहेक 8 फरवरीको दिन शैक्षिक भ्रमणका लागि छाङ्गु र बाबा मन्दिर लगिएको संयोजक कृष्ण छेत्रली जानकारी गराए।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!