Loading... आजः बिहिबार , चैत्र १३, २०८१

पूर्वोत्तर राज्यहरूको निम्ति अनलाइन चेस प्रतियोगिता शुरु


गान्तोक, 29 मई। पूर्वोत्तर भारतको आठैवटा राज्यलाई लिएर सिक्किमको खेलकूद तथा युवा मामिला विभागको प्रायोजनमा सिक्किम चेस एसोसिएसनले पूर्वोत्तर अनलाइन चेस प्रतियोगिता आयोजन गऱ्यो। उक्त प्रतियोगिताको अनलाइन उद्घाटन सिक्किमको शिक्षा खेलकूद तथा युवा मामिला मन्त्री कुङ्गा नीमा लेप्चाले गरे। पूर्वोत्तरको सबै राज्यबाट एक सय साठी भन्दा अघिक प्रतियोगीहरूले सहभागिता जनाएका छन्। उद्घाटन कार्यक्रममा आफ्नो कुरा राख्दै मन्त्री लेप्चाले यो महामारीको समय मानिसहरूलाई भइरहेको मानसिक दबाउबाट पनि मुक्त गर्न र विशेष गरेर खेलकूदमा सबै खेलहरू बन्द रहने भएपनि चेसमात्र एउटा यस्तो खेल हो जुन भारतको आफ्नै मौलिक खेल हुनका साथै अहिले अनलाइन पनि खेल्न सकिने भएकोले गर्दा यसलाई आयोजन गर्ने निर्णय गरिएको हो। खेलकूद विभागका सचिव कुवेर भण्डारीको स्वागत सम्बोधन अनि सिक्किम चेस एसोसिएसनका महासचिव महेन्द्र ढकालले विश्व चेस चेम्पियन विश्वानाथ आनन्दको शुभकामना सन्देश पठनसितै अनलाइन उद्घाटन सम्पन्न भयो। यस अवसरमा भारतीय चेस एसोसिएसनका अध्यक्ष, सिक्किम ओलम्पिक एसोसिएसनका अध्यक्ष आदिले पनि सम्बोधन गरेका थिए।
खेलाडीहरूलाई मानसिकरूपमा भइरहेको दबाउबाट पनि मुक्त गर्न अनि यो अवस्थालाई सहज बानाउन अनि अनलाइन चेस प्रतियोगिताबाट पनि प्रोत्साहन दिन रहेको बताए। उनले सबै खेलाडीहरूलाई खेलको निम्ति शुभकामना दिए भने सरकारले जारी गरेको लकडाउनको मानदण्डहरू पालन गर्दै सुरक्षित बसेर खेल खेल्ने आग्रह पनि गरे। अर्कोतिर खेलकूद विभागका सचिव कुवेर भण्डारीको स्वागत सम्बोधन अनि सिक्किम चेस एसोसिएसनका महासचिव महेन्द्र ढकालले विश्व चेस चेम्पियन विश्वानाथ आनन्दको शुभकामना सन्देश पठनसितै अनलाइन उद्घाटन सम्पन्न भयो। यस अवसरमा भारतीय चेस एसोसिएसनका अध्यक्ष, सिक्किम ओलम्पिक एसोसिएसनका अध्यक्ष आदिले पनि सम्बोधन गरेका थिए।
यो अनलाइन प्रतियोगिता पूर्वोत्तरको निम्ति पहिलो भएको अनि महामारीको कारण खोलाडीहरूलाई अनलाइन प्रतिस्पर्धामा उतार्ने सोंच बनाएर प्रतियोगिता आयोजन गरिएको अनि त्यसमा खेलाडीहरूले उत्साहजनक सहभागिता जनाएको महासचिव ढकालले बताए। यो अनलाइन प्रतियोगिता भविश्यका निम्ति निकै सकारात्मक रहेको र महामारी नहटेसम्म यस प्रकारको प्रतियोगिताले भविश्यमा अझ निरन्तरता पाउने बताए। प्रतियोगितामा टप 20 वर्ग, नौ र एघार वर्षका केटाकेटीवर्गका खेलाडीहरूलाई लिएर प्रतियोगिता आयोजन गरिएको अनि प्रत्येक खेल तीन मिनटसम्म हुने अनि 24 घण्टा भित्र प्रतियोगिताको फलाफल निगरानी समितिद्वारा तक्निकी पक्षहरू जाँच गरेर घोषणा गरिने बताए।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!