गान्तोक, 18 मार्च । सिक्किमका पूर्व मुख्यमन्त्री पवन चामलिङले आफ्नो पार्टीका वरिष्ठ नेताहरूसित आज बिहान देवरालीस्थित छोर्तेन गुम्बामा पूजा अर्चना गरे। उनले सिक्किम र सिक्किमेको स्वास्थ्य सुरक्षाको कामना गर्दै गुम्पामा प्रार्थना गर्नुका साथै उपस्थित बौद्ध भिक्षुहरूसित भलाकुसारी गरे।
पूजा अर्चनापछि आफ्नो आधिकारिक सामाजिक सञ्जालमा बयान जारी गर्दै पूर्व मुख्यमन्त्रीले आफुले राज्यवासीलाई कोरोनाको प्रकोपबाट सुरक्षित राख्न प्रार्थना गरेको बताएका छन् भने उनले विज्ञानसितै आफ्नो आस्थामा रहेको कुलदेवताहरूको पूजा अर्चना गर्न पनि अनिवार्य रहेको बताएका छन्। पूर्व मुख्यमन्त्रीसित पूर्व मन्त्री डीबी थापालगायत एसडीएफ पार्टीका युवा कार्यकर्ताहरू उपस्थित थिए।