गान्तोक,23 जुन। सिक्किमका पूर्व मुख्यमन्त्री पवन चामलिङले मङ्गबार मध्य पाण्डम निवासी स्वर्गीय कमला देवी खनाललाई श्रद्धाञ्जलि अर्पण गरे। कमल देवी खनालको पछिल्लो 11 जूनका दिनका दिन 87 वर्षको उमेरमा निधन भएको थियो। स्वर्गीय खनाललाई श्रद्धाञ्जली अर्पण गर्न उनको निवासमा पुगेका पूर्व मुख्यमन्त्री पवन चामलिङको साथमा पूर्व मन्त्री तथा एसडीएफ पार्टीका उपाध्यक्ष सोमनाथ पौड्याल, पूर्व विधाय गोपाल बराइली, एसडीएफ पार्टीका प्रवक्ता एमके सुब्बा, जेबी दर्नाल, कृष्ण खरेल, एलएम भट्टराई लगायत एसडीएफ पार्टीका अन्य कार्यकर्ताहरू उपस्थित थिए। यस अवसरमा पूर्व मुख्यमन्त्री चामलिङले श्रद्धाञ्जली अर्पण गर्नसितै शोकाकुल परिवारप्रति समवेदाना व्यक्त गरे।