Loading... आजः शुक्रबार , श्रावण ११, २०८१

पूर्व मुख्यमन्त्री पवन चामलिङद्वारा शोक व्यक्त


गान्तोक, 18 सेप्टेम्बर। कोविड-19को कारण एसटीएनएम अस्पतालकी सहायक नर्सिङ अधीक्षकले ज्यान गुमाएपछि राज्य शोकयुक्त बनेको छ। कोविड योद्धाको रूपमा ड्यूटीमा तैनात रहेकी महिला स्वास्थ्यकर्मी बसन्ती सुन्दासको निधनको खबर आएपछि विभिन्न तह-तप्काबाट मानिसहरूले श्रद्धाञ्जलि अर्पण गरेका छन्। स्वास्थ्यकर्मी नर्सको निधनमाथि दुःख व्यक्त गर्दै राज्यका पूर्व मुख्यमन्त्री तथा एसडीएफ पार्टीका अध्यक्ष पवन चामलिङले आफ्नो आधिकारिक फेसबुकमार्फत श्रद्धाञ्जलि दिएका छन्। उनले सिक्किमेको सुरक्षामा तैनात रहने नर्सको बलिदानलाई हलुकीेसँग लिनु नहुने बताउँदै उनको यस समर्पणलाई सर्वोच्च बलिदानको रूपमा लिनुपर्ने उल्लेख गरेका छन्। यो भन्दा ठूलो बलिदान छैन भन्दै उनले सबैले आफ्नो जीवनलाई महत्व दिन सिक्नुपर्ने र यस दृष्टिकोणबाट उनको बलिदानलाई बुझ्नुपर्ने बताएका छन्।

अध्यक्ष पवन चामलिङले लेखेका छन्, स्वास्थ्य कर्मचारीहरू यस महामारीविरुद्धको लडाईमा आफ्नो ज्यानको बाजी लगाइरहेका छन्, हामीहरू प्रत्येकलाई सुरक्षित राख्नको निम्ति परिश्रम गरिरहेका छन्। हामीहरू नकेवल अर्काको सुरक्षाको निम्ति उनीहरूको साहस अनि बलिदानलाई सलाम गर्नुपर्ने हो तर हामीले हर-एक दिशानिर्देशलाई कडाईको साथ पालन गर्दै यस लडाइँमा सामेल हुनुपर्ने छ। कोविड-19सँग सम्बन्धित मृत्युको त्रासदीले हाम्रो दिन-रात मुश्किलमा पारिदिएको छ, म सरकारलाई पनि भन्न चाहन्छु कि सरकारबाट कोविड-19 योद्धाहरू अनि रोगिहरूको निम्ति सबै चिकित्सा सुविधा, उपकरण अनि सहायताको निम्ति हरेक सुरक्षा प्रदान गर्न कुनै कसर नछोडियोस।

उनले अघि लेखेका छन्, कोविड-19 सँगको लडाईँ हाम्रो प्रमुख फोकस हो अनि मानव जीवनलाई बचाउनु हाम्रो सर्वोच्च उद्देश्य हो। यस समय हामी सबैलाई पार्टी, जाति, समुदाय, धर्म, अहंकार आदिलाई छोडेर, सिक्किम अनि मानिसहरूको बहुमूल्य जीवनको रक्षाको निम्ति कोविड विरुद्ध एकजुट भएर लडाई लड्नुपर्नेछ। यो महामारी हाम्रो निम्ति एउटा ठूलो चुनौतीको रुपमा आएको छ, अनि यसलाई सबैले मिलेर टाडो बनाउन सकिन्छ।

Insert your Ads code here

यसरीनै एसडीएफका दुईवटा भातृ संगठन एसडीएफ स्वास्थ्य प्रकोष्ठ अनि चेली मोर्चा प्रकोष्ठले एसटीएनएममा कार्यरत कोविड-19 योद्धा सहायक नर्सिङ अधीक्षकको निधनलाई लिएर दुःख व्यक्त गर्दै उनलाई श्रद्धाञ्जलि दिएको छ। एसडीएफ पार्टीका स्वास्थ्य प्रकोष्ठ सचिव जिग्मी नर्बू बर्फुङपाले एउटा शोक सन्देशमार्फत सिक्किमेहरूको ज्यानको सुरक्षामा खट्ने कोविड विरुद्धकी योद्धाप्रति श्रद्धाञ्जलि अर्पण गरेको छ।

सन्देशमा उनका शोक सन्तप्त परिवारप्रति पनि समवेदना प्कट गरिएको छ। यसरी नै एसडीएफ पार्टीकी चेली मोर्चा महासचिव पूर्व जिल्ला सकुन गुरुङले पनि एसडीएफ पार्टीको चेली मोर्चा प्रकोष्ठको तर्फबाट श्रद्धाञ्जलि सन्देश दिएकी छन्। एसडीएफ पार्टीले स्वर्गीय स्वास्थ्यकर्मीको योगदानलाई सधैं याद राख्ने बताएकी छन् भने स्वर्गीय नर्सको आत्मशान्तिको निम्ति प्रार्थना गरेको कुरा उल्लेख गरेकी छन्।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!