Loading... आजः शनिबार , श्रावण १२, २०८१

पूर्व सरकारले लथालिङ्गै बनाएको जातीय धरोहर एवं भवनहरूको पुनः निर्माण गर्न एसकेएम सरकारद्वारा पहल जारीछः जेकब खालिङ


 

गान्तोक, 9 सितम्बर। सिक्किममा पूर्व सरकारले थालेको विभिन्न परियोजनाहरू अधुरो अवस्थामा रहेको बताउँदै वर्तमान सत्तारूढ एसकेएम पार्टीको सरकारले उक्त योजनाहरू पुरा गर्ने प्रतिबद्धता जाहेर गरेको एसकेएमका प्रवक्ता जेकब खालिङले एक प्रेस बयान जारी गरेर बताएका छन्। उनले भनेका छन्,यो सबैलाई थाहा भएको कुरा हो कि सिक्किमको चारै जिल्लामा भूतपूर्व 25 वर्षे एसडीएफ सरकारले विभिन्न निर्माण कार्यहरू अपूर्ण अवस्थामा लथालिङ्गै छोड़ेर राखेको थियो। फूटबल खेल मैदानदेखि लिएर युनिभर्सिटीसम्म, स्कूल भवनदेखि लिएर कलेज भवनसम्म, पञ्चायत घरदेखि लिएर अस्पतालसम्म एसडीएफ सरकारले कागजमा मात्र काम गर्ने ढोल पिटेको थियो। तर यथार्थमा सबै अपूर्ण र खोक्रो मात्र थियो। यसरी विकास स्वयंमा बाधा बनिरहेको स्थितिलाई हटाएर कुनै पूर्वाग्रह नराखी वर्तमान एसकेएम सरकारले ती निर्माणाधीन अपूर्ण धरोहर एवं पूर्वाधारहरूको निर्माण युद्धस्तरमा गर्न आवश्यक धनराशि छुट्याएको छ एवं कामहरूको थालनी गरिसकेको छ।

उनले अझ भनेका छन् सरकारले विभिन्न जाति समुदायको चिह्नारी स्वरूप निर्माण भइरहेको जातीय सांस्कृतिक भवनहरू पनि लथालिङ्गै अवस्थामा छोड़ेर राखेको थियो पूर्व सरकारले। सेड्युल कास्ट भवन, मंगर भवन, दरामदिनमा निर्माणाधीन स्वर्ग जाने सिँड़ी आदि पूर्व सरकारले अपूर्ण राखेको कारणले गर्दा सम्बन्धित जातिहरूको सांस्कृतिक एवं भाषिक विकासमा धेरै बाधा पर्न गएको छ।

Insert your Ads code here

पूर्व सरकारले जातीय भवनहरू कागजी स्वीकृतिमात्र दिएको बताउँदै भनेका छन्, पहिलाको सरकारले केवल कागजमा मात्र जातीय भवनहरू स्वीकृति गरेको तर आवश्यक धनराशि उपलब्ध नगराएको कारण धेरैवटा यस्ता भवनहरू आजसम्म अपूर्ण रहेको सबैले देखेका छन्। यही क्रममा लुम्से पाँच माइलस्थित राईहरूको निम्ति भाषा स्कूल एवं राज्यस्तरीय कार्यालयको रूपमा निर्माण भइरहेको राईखिम विगत धेरै वर्षदेखि अपूर्ण रहेको थियो। उनले अझ भनेका छन्, गत 11 जून 2020-को दिन अखिल किराँत राई संघ पूर्व अनि पश्चिम जिल्ला समितिका प्रतिनिधि टोलीहरूले मुख्यमन्त्री पीएस गोलेलाई उनकै निवासस्थानमा भेटेर यो राईखिम पूर्ण गरिदिने अनुनय गरेका थिए। त्यसताक नै मुख्यमन्त्रीले यो भवन निर्माण गर्न आवश्यक धनराशि सरकारले उपलब्ध गराउने वचन दिएका थियो। मुख्यमन्त्रीको यही वचन एवं आदेशअनुरूप आज निर्माणाधीन राईखिमको भ्रमण म लगायत सांस्कृतिक अनि भवन विभागका अभियन्ता/अधिकारीहरूसँग गर्यौं। यो भ्रमणमा थप अखिल किराँत राई संघका सल्लाहकार डा. एसके राई, डी.के राई (चामलिङ), पूर्व जिल्ला समिति अध्यक्ष डी. के. राई लगायत अन्य कार्यकारी समितिका सदस्यहरूको उपस्थिति रहेको थियो भनि खालिङले प्रेस बयानमा बताएका चन्। उऩले अझ भनेका छन्, आजको भ्रमण टोलीले कामको निरीक्षण गर्दै यहीं वित्तीय वर्षभित्र यो काम पूर्ण गर्ने निर्णय गर्यो। रहल काम पूरा गर्न कति धनराशिको आवश्यकता पर्छ सो रिपोर्ट सम्बन्धित अभियन्ताहरूले तयार गरेर यथाशीघ्र सरकारसमक्ष पेश गर्नुपर्ने आजको भ्रमण टोलीले निर्णय लियो।

उनले अझ भनेका छन्, यो भवन निर्माण कार्य पूर्ण गर्नको निम्ति जति धनराशि लाग्छ सरकारले तुरन्तै उपलब्ध गराउने वचन मुख्यमन्त्रीले 11 जून 2020-को भेटघाटमा नै अखिल किराँत राई संघका प्रतिनिधिहरूलाई जनाइसकेका छन्। वर्तमान सरकार एवं सरकार प्रमुख पीएस गोलेको नेतृत्वमा यो राईखिमसँगै अन्य जात अनि धर्मका अपूर्ण रहेका सबै निर्माण कार्यहरू पूरा हुने कार्य युद्धस्तरमा चलिरहेको छ। उदाहरणको निम्ति विगतको सरकारले धेरै लामो समयमा पनि प्रसिद्ध ठाकुरबाड़ी मन्दिरलाई पूर्ण गर्न सकेन तर वर्तमान एसकेएम सरकारले एक वर्षमा नै यो निर्माण कार्य पूरा गरेर अहिले उद्घाटनको निम्ति तयार छ भनि थपेका छन्। उनले यसैक्रममा रोधीघर, सेड्युलकास्ट भवन, स्वर्ग जाने सिँड़ी आदिको निर्माण पूरा गर्नको निम्ति सरकारले आवश्यक धनराशि आवण्टन गरिसकेको बताएका छन्। राङ्कास्थित पारुहाङ साप्तेन माङखिम निर्माण पूरा गर्नको निम्ति वर्तमान एसकेएम सरकारले 8 करोड़ रुपियाँ प्रदान गरिसकेको पनि प्रेस बयानमा उल्लेख गरेका छन्।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!