Loading... आजः शनिबार , श्रावण १२, २०८१

पूर्व सरकारले 25 वर्षमा गर्न नसकेको काम हामी दस वर्षमा गरेर देखाउने छौं- मुख्यमन्त्री तामाङ


गान्तोक, 10 अगस्त। सिक्किमको सत्तारूढ एसकेएम पार्टीले तेस्रो जन उन्मुक्ति दिवस पालन गऱ्यो। सम्मान भवनमा साधारण प्रकारले आयोजित कार्यक्रममा एसकेएम अध्यक्ष तथा मुख्यमन्त्री पीएस तामाङले आफ्नो सम्बोधन राख्दै तेस्रो उन्मुक्ति दिवसको शुभ उपलक्ष्यमा सबै पार्टी कार्यकर्ताहरूमा आभार व्यक्त गरेका छन्। उनले भने, आजको दिन मैले एक वर्षको दिन समाप्त गरेर निस्किएको दिन हो। सम्पूर्ण कार्यकर्ताहरूको स्वार्थ विहिन योगदानको कारणले हामी सरकारमा पुगेका छौं।

उनीहरूसबैलाई म हृदय भित्रबाट याद गर्न चाहन्छु। उनीहरूलाई म कदापी भुल्न सक्दिन, त्यस ताकाको तानासाही सरकरले यदी म मन्त्री हुँदा मैले भ्रष्टाचार गरेको भए त्यसै समय मलाई कानुनी कार्वाही गरेर जेल पठाउ सक्ने थियो। तर त्यस ताकाको तानाशाही भ्रष्टाचारी सरकारको विरोध गर्न शुरु गरे म निर्दोश थिएँ। तर त्यस ताकाको सरकारले मलाई षड्यन्त्र गरेर एक वर्ष जेल पठाएको थियो। प्रजातन्त्रको घाँटी निमोठेको थियो।

Insert your Ads code here

उनले जेलको सजाय तोकिनु जनताको आवाज दबाउने कोशिष गरिनु बताए। यसैगरी कार्यकर्ताहरू रोएको देखेर आफूले उनीहरूलाई धोका दिँदिन भऩ्ने प्रण गरेको अनि सिक्किमेली जनतालाई मुक्ति दिन्छु भन्ने सोचेर जनतासित सम्पर्क राख्ने क्रम जारी राखेको सम्झना साझा गरे। आफू जेलमा हुँदा सिक्किमको अवेग ठाउँहरूबाट पनि कार्यकर्ताहरू भेट्न आएको अनि पार्टीको उच्च नेतृत्वगण र कार्यकर्ताहरूले कहिल्यै हरेस नखाएको अनि पार्टीको कार्यक्रमहरू यथावत राखेको कारणले नै आज सरकारमा पुगेको बताए। उनले भने, यो सिक्किमेको सरकार हो सबैले न्याय पाउने छ। जजस्ले दुःख गरेको छ हामीले कहिल्यै भुल्नु हुँदैन। उनले अझ भने म सम्पूर्ण कार्यकर्ताहरूप्रति कृतज्ञता प्रकट गर्दछु। हामी सरकारमा पुगेका छौं। अब व्यवस्था परिवर्तन गर्नुपर्छ। यो वैश्विक महामारीको कारणले अलिक ढिलो भयो तर तपाईहरूलाई दिएको वचन हामी पूरा गर्ने छौं। यो हाम्रो सङ्कल्प हो म तपाईँहरूलाई कहिल्यै धोका दिँदिन यो मेरो वचन हो।

उनले अझ भने, जुन दिन म जेलबाट निस्किएँ त्यसै दिन त्यसताकको तानाशाही सरकारको जरा हल्लिएको थियो अनि हतास भइसकेको थियो। हाम्रो क्रान्ति भऩेको सत्ता परिवर्तनसितै व्यवस्था परिवर्तन हो। अब सिक्किमे जनताले सोचेको जस्तो व्यवस्था पाओस सिक्किमे जनताले भनेजस्तो शिक्षा, स्वास्थ्य र व्यवस्था पाओस उनले थपे। पूर्व सरकारको नीतिमाथि कटाक्ष प्रहार गर्दै मुख्यमन्त्री तामाङले भने पूर्व सरकारको कारणले आज जनताले दुःख पाएको छ। कुनै पूर्वाधार ठिक थिएन तर हामीलाई जनताले मौका दिएको छ हामी काम गर्नेछौं। पूर्व सरकारले गर्न नसकेको काम हामी 10 वर्षमा गरेर देखाउने छौं उनले दावी गरे। उनले अझ भने, जो जसले जनताको धनमाथि मोज-मस्ती गरेको छ, फायल तयार छ हामी छोड्दैनौं। हामीलाई अलिक समय दिनुहोस, पार्टीलाई मायागर्ने सम्पूर्ण कार्यकर्ताहरू मलाई जेलमा भेट्न आउने कार्यकर्ताहरू, जेलमा सहयोग पुऱ्याउने कर्मचारी र मलाई सधैं माया गर्ने मेरा परिवारहरूलाई म सम्झना गर्न चाहन्छु भन्ने मन्तव्य व्यक्त गरेका छन्। कार्यक्रममा मुख्यमन्त्रीद्वारा कारावासको क्रममा लिखित परिवर्तनको एक वर्ष सिर्शकको पुस्तक जुन नेपाली कविता संग्रह हो त्यसको नेपाली संस्करण ‘एन अब्राइजिङ बर्न अफ इनजस्टिस’-को लोकार्पण अनि जनमुक्ति विषयमा तयार गरिएको गीति एल्वम पनि लोकार्पण गरियो। अर्कोतिर 2018को 10 अगस्तको दिन जेल मुक्ति पाएका अध्यक्ष तथा मुख्यमन्त्रीलाई अभिनन्दन पनि गरियो।

जसमा मन्त्री केएन लेप्चा अनि मन्त्री अरुण उप्रेतीले मुख्यमन्त्रीलाई अर्पण गरेका थिए। यसैगरी कार्यक्रममा मन्त्री अरुण उप्रेती, श्रीमती सुनिता गजमेर अनि मन्त्री डा. एमके शर्माले सम्बोधन गरेका थिए भने मन्त्रीगण, विधायकगण अनि पार्टीका सञ्चारकर्मीहरूको उपस्थिति रहेको प्रचार-प्रसार सचिव रञ्जना प्रधानले जानकारी दिएकी छन्।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!