Loading... आजः शनिबार , श्रावण १२, २०८१

पेट्रोलियम पदार्थको अन्वेषणका लागि दैलेख जिल्लाका तीन ठाउँमा सर्वेक्षण


पेट्रोलियम पदार्थको अन्वेषणका क्रममा दैलेख जिल्लाका श्रीस्थान, नाभिस्थान, पादुकालगायत विभिन्न क्षेत्रमा तीन लाइनको सेस्मिक सर्भे गरिएको छ । १० लाइनमा सेस्मिक सर्भे भइरहेको पेट्रोलियम पदार्थ अन्वेषण टोलीले जानकारी दिएको कान्तिपुर अनलाइनले जनाएको छ ।

अन्वेषणका लागि तीन वटा पूर्व–पश्चिम र सात वटा उत्तर–दक्षिण दिशामा सेस्मिक लाइन खनिएको थियो । त्यसमध्ये तीन लाइनको सर्भे सकिएको भूर्गभविद् डा. गणेशनाथ त्रिपाठीले बताउनुभयो। कोटिलादेखि पादुका स्थानसम्मलाई आधार मानेर झन्डै चार सय वर्गकिमि सर्भे गरिएको उहाँले जानकारी दिनुभयो ।

कुनै पनि उत्खननका लागि सेस्मिक सर्भेलाई सबैभन्दा महत्त्वपूर्ण मानिन्छ । यो निकै खर्चिलो हुने र लामो समय लाग्ने हुन्छ। मुख्यतया दुल्लु र नारायण नगरपालिकासहित भैरवी, महाबु र चामुण्डा–बिन्द्रासैनी, डुंगेश्वर, नौमुले तथा भगवतीमाईका केही भूभाग समेटेर १० वटा सेस्मिक लाइनमा सर्भे गरिरहेको टोलीले जनाएको छ । दुई सय किलोमिटर लाइन सर्भे गर्न चार सय वर्गकिमि भूभाग समेटिएको भूर्गभविद् डा. त्रिपाठीले बताउनुभयो।

Insert your Ads code here

अन्वेषणका लागि पेट्रोलियम जियोलोजिकल, म्याग्नेटो टेल्युरिक र जिओकेमिकल स्याम्पलिङ सर्भे गरिनेछ । यसमा सेस्मिक सर्भेलाई सबैभन्दा बढी महत्त्वपूर्ण मानिएको छ । भौगर्भिक संरचना पहिचान गर्ने कार्यको ४० प्रतिशत काम सकिएको उहाँले जानकारी दिनुभयो।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!