Loading... आजः शुक्रबार , श्रावण ११, २०८१

पैचिङ र ल्हासा उडानका लागि हिमालय एयरलाइन्सले नयाँ जहाज किन्दै


हिमालय एयरलाइन्सले काठमाडौंबाट चीनको राजधानी बेइजिङ र तिब्बतको ल्हासा उडान गर्नका लागि नयाँ जहाज आज ल्याउने भएको छ। एयरलाइन्सले एयरबसको ए३१९ जहाज आज ल्याउन ल्याइपुर्‍याउने बताएको छ। एयरलाइन्सका उपाध्यक्ष बिजय श्रेष्ठकाअनुसार यो जहाज कम्पनीबाट सिधै खरिद गरिएको नयाँ जहाज हो।

आज आउने जहाजसहति हिमालयसँग एयरबसका चार ओटा न्यरोबडी जहाज हुने छन्। यसअघि एयरलाइन्ससँग एयरबसकै ए३२० फेमलीका ३ जहाज छन्।

यससँगै हिमालयले थप दुई जहाज खरिदका लागि सरकारसँग अनुमति माग गरेको छ। उसले लिज खरिदका लागि अनुमति मागेपनि संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले समयमै राय नदिंदा ढिला भएको हो।

Insert your Ads code here

यद्यपि पछिल्लो समय कोरोना भाइरसको संक्रमणले उडान प्रभावित भएपछि बाँकी दुई जहाज ल्याउने प्रक्रिया भने केही पर सर्ने बताइएको सेतोपाटी अनलाइनमा खबर छ।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!