Loading... आजः शनिबार , श्रावण १२, २०८१

पैह्रोले एउटै परिवारका तीन जनाको मृत्यु


दार्जिलिङ,१४ मार्च।पैह्रो गएर एउटै परिवारका तीनजा सदस्यको मृत्यु भएको छ। उक्त घट्ना रिम्बिक-लोधोमा क्षेत्र अन्तर्गत अप्पर लिङ्सेबुङ गाउँमा भएको हो। घरमाथीबाट सोह्रीएर आएको पैह्रो घरैभित्र रहेका निमदोर्जी तामङ (पिता), चन्द्र लिम्बु (आमा) अनि उनीहरूका पाँच वर्षिय छोरा नेहाल तामङलाई पुरेपछि घट्नास्थलमा नै उनीहरूको मृत्यु भएको हो। उक्त घट्नाले सम्पूर्ण गाउँमा शोकको लहर छाएको छ। 

बिहानीपख लगभग ४ बजेतिर माथीबाट आएको पैह्रोले एउटै घरका तीनजनालाई पुरेपछि स्थानीय गाउँलेहरूले उद्धार कार्यमा जुटेर बचाउने प्रयास गरेपनि उनीहरूलाई बचाउन नसकेको गाउँलेहरूले बताएका छन्। बिहानीपख मस्त निद्राको समय अचानक पैह्रो जाँदा उनीहरू घरभित्रै पुरिएका थिए। जसको कारण आफैलाई उनीहरूले बचाउने मौका समेत पाएनन्। त्यसपछि घट्नाको जानकारी पाउनसाथ घट्नास्थलमा मानिसहरू धेरै मात्रमा भेला भएर उद्धार कार्य गरेका थिए भने पैह्रोले पुरेका तीनजनाको शवलाई उद्धार गरेर पोस्टमार्टमको निम्ति पठाइएको छ।

बेमौसम पैह्रो गएर एकै परिवारका तीनजनाको मृत्यु भएपछि आज गोजमुमो विनय गुटका अध्यक्ष विनय तामङ अनि जीटीए वोर्ड अध्यक्ष अनित थापाले घट्नाबारे दुख व्यक्त गर्दै शोक समवेदना प्रकट गरेका छन्। गोजमुमो विनय गुट यस दुखको समयमा पीडित परिवारको पक्षमा रहेको भन्दै घट्नाको जानकारी पाउनसाथ जीटीए अध्यक्ष अनित थापा घट्ना स्थलको भ्रमणमा निस्केका छन्।

यता उक्त घटनापछि गोजमुमो विमल गुटका नेता एवम् सोही क्षेत्रका पूर्व सभासद प्रकाश गुरुङले पनि समवेदना प्रकट गरेका छन्। “पैह्रोको चपेटमा परि एकै परिवारका तीनजना सदस्यहरु क्रमैले निम दोर्जी तामाङ (पिता), श्रीमति चन्द्र लिम्बु (आमा), नेहाल तामाङ (छोरा) को असमायिक निधनले सम्पूर्ण क्षेत्रवासी शोकित बनेको अवस्थामा म पनि उक्त शोकमा सामेल रहेको जनाउन चाहन्छु। वर्तमानमा आफू आफ्नो क्षेत्रदेखि टाढ़ा भएता पनि यस दुःखद समाचारले म मर्माहत बनेको छु। यस्तो समयमा सम्पूर्ण छर – छिमेकी अनि क्षेत्रवासी एक भएर परिवारमा बाँचेको एक मात्र छोरीको सहयोगको निम्ति अघि आइदिन हुन म सबैलाई आव्हान गर्दछु साथै सरकारबाट पाइने सहयोगहरु चाँड़ो भन्दा चाँड़ो हस्तान्तरण गर्नको निम्ति सम्बन्धित निकायहरुले पदक्षेप लिइदिनु हुन म आफ्नो तर्फबाट बिनम्र अनुरोध गर्दछु” पूर्व सभासद प्रकाश गुरुङले भनेका छन्। 

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!