Loading... आजः बुधबार , माघ ९, २०८१

पैह्रोले भारत-चीन सीमा जोड्ने सडक बन्द पासिङदाङको 35 परिवारलाई सारियो सुरक्षित ठाउँमा


गान्तोक, 28 जुन। लगातार रूपमा परेको असारे झरीले उत्तर सिक्किमको भारत-चीन सीमा पूर्ण रूपमा विक्षिन्न बनेको छ। उत्तर जिल्लाको मुख्यालय मगन देखि चुङथाङ जाने महत्वपूर्ण उत्तर सिक्किम राजमार्ग दुइ ठाउँमा गएको पैह्रोले बन्द भएको छ। पछिल्लो 48 घन्टामा लगातार परेको पानीले धेरै खति गरेको छ। यसैगरि राज्यको विभिन्न ठाउँमा भल पैह्रोको प्रकोप देखिएको छ। जसले गर्दा गाउँ गाउँ उठिवास लागेको छ भने विभिन्न भागलाई जोड्ने सड़क संपर्क पूर्ण रूपमा क्षतिग्रस्त बनेको छ। यद्यपी अहिलेसम्म कुनै ज्यानको खति भएको रिपोर्ट भने छैन।

अर्कोतिर लेप्चा जनजातिको आदिम वासभुमी जङ्गुमा पानीले उधुम मच्चाएको छ। अप्पर जङ्गुको पासिङदाङ गाउँमा 19 वटा घर अनि एउटा सरकारी पाठशाला भवन क्षतिग्रस्त पारेको । यसैगरि गाउँमा आएको भलबाढीले 35 घरलाई खतरामा पारेपछि जिल्ला प्रशासनले सबैलाई गाउँबाट अलग्गै सुरक्षित ठाउँमा सारेको छ। जिल्ला प्रशासनले दिएको जानकारी अनुसार उठिवास लागेका गाउँलेहरूलाई पीएचई को भवनमा राहत शिविर बनाएर राखिएको छ। प्रभावित परिवारलाई राहत प्रदान गरिने कार्य भइरहेको बताइएको छ। क्षेत्र विधायक पिन्छो नामग्याल लेप्चाले जिल्ला प्रशासन, जिल्ला पुलिस, आपदा प्रबन्धन विभाग र सबै लाइन विभागको तत्परतामा पिडीत परिवारलाई राहत दिने अनि उनीहरूलाई उद्दार गर्न कार्य गरिएको बताएका छन्।

शनिबारदेखि नै मगनदेखि चुङथाङको सड़क सम्पर्क पूर्ण रूपमा
ठप्प रहेको छ। मगन पुलिस थाना नजिक र चर्चित लण्ठे खोलामा गएको पैह्रोले पुल अनि सड़क बगाएको छ। अहिलेसम्म राष्ट्रीय राजमार्ग भने मगनसित सम्पर्कमा रहेको छ। जसले राजधानी गान्तोकसित भने सानो गाडीको निम्ति चलिरहेको भए पनि ठूला वाहन चलेको छैन।
अहिले भारत-चीनको सीमामा चलिरहेको तनावको समय मुख्यधारसित जोड्ने सड़क सम्पर्क शनिबारदेखि बन्द भएकोले चिन्ता बढाएको छ।

सीमा सड़कलाई देखरेख गरिरहेको बोर्डर रोड अर्गनाइजेशनको स्रोतले बताएअनुसार उनीहरूले अहिले लगातार रूपमा छिटो भन्दा छिटो सड़क संपर्क सुनिश्चित गर्ने प्रयास गरिरहेको छ। यद्यपी लगाताररूपमा परेको पानी अनि सड़क मास्तिरबाट निरन्तर झरिरहेको ठूला ढुङ्गाहरूले असुरक्षा बढाएको छ। अहीलेसम्म मौसम सुरक्षित नभएको उनले बताए। उनले एक दुइ दिनभित्रमा सानो गाडी कुद्नसक्ने सड़क निर्माणको प्रयास भइरहेको बताए।

अर्कोतिर मौसम विभागले दिएको जानकारी अनुसार मगन क्षेत्रमा बितेको 24 घण्टामा 125 मिलिमिटर पानी परेको छ। जुन आज बिहान साढे आठ बजीसम्म निरन्तर जारी थियो। अझ धेरै पानी पर्ने सम्भावना रहेको मौसम विभागको अधिकारीक सूत्रले बताएको छ।

Please follow and like us:

Insert your Ads code here


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!