Loading... आजः शनिबार , श्रावण १२, २०८१

पोखरामा प्याराग्लाइडिङ विश्वकप हुँदै


आइतबारदेखि पोखरामा पहिलो पटक हुने विश्वकप प्याराग्लाइडिङमा ९० भन्दा बढी पाइलटले प्रतिस्पर्धा गर्ने जनाएका छन्। तर प्रतिस्पर्धामा ११ जना चिनियाँ पाइलटले भने उडान नगर्ने निश्चित भएको छ। उनीहरूले प्रतियोगिताको केही दिनअघि मात्रै विश्वकपमा सहभागिता जनाउन नसक्ने सूचना दिएका थिए। चीनको वुहानमा फैलिएको कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि उनीहरूको सहभागिता कमजोर बनेको हो। त्यसको प्रत्यक्ष असर भने पोखरामा आयोजना भएको प्याराग्लाइडिङ विश्वकपमा देखिएको हो।

नेपाल सरकारले भ्रमण वर्ष २०२० घोषणा गरेको छ। घोषणा गरेसँगै कोरोनाको संक्रमणले प्रत्यक्ष असर पुर्‍याएको छ। कोरोनाको संक्रमण भयावह देखिँदै गएकाले चीनले आफ्ना नागरिकलाई अन्यत्र पठाउन सकेको छैन। कोरोनाकै कारण अन्य देशबाट हुने सहभागिताले पनि समस्या हुने देखिएको नेपाली पाइलटले औल्याउँदै आएका छन्। यद्यपि पोखरामा आयोजित प्याराग्लाइडिङ विश्वकपबाट बाह्य पर्यटन प्रबर्द्धन हुने विश्वास छ। विभिन्न देशका ९० भन्दा बढी पाइलट एक सातासम्म प्रतिस्पर्धामा रहनेछन्। सराङकोटबाट उडान भरेर फेवाताल किनार खपौंदीमा अवतरण गर्नेछन्। पोखरामा एएफएआइटी–२ क्याटगोरीको प्याराग्लाइडिङ प्रि–वर्ल्डकप आयोजना भइसकेको छ। निरन्तर दुई वर्षसम्म प्रि– वर्ल्डकप आयोजना गरिएपछि एफएआईले विश्वकपको लागि स्वीकृति प्रदान गरेको नागरिकन्यूज डटकममा खबर छ।

नेपाल हवाई खेलकुद संस्था (ना) को अध्यक्ष कृष्ण भण्डारीले भन्नुभएअनुसार विश्वकपमा नेपाली १५ जना पाइलटले प्रतिस्पर्धा गर्नेछन्। आइतबार पाइलटहरूको प्राक्टिस उडान मात्रै हुनेछ। प्रतिस्पर्धा भने सोमबारदेखि हुनेछ।

Insert your Ads code here
Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!