Loading... आजः मंगलबार , मंसिर १८, २०८१

पोम्पेओहरुको झुटबाट विश्वका व्यवसायहरु तीव्र गतिमा अमेरिकाबाट विस्थापित हुने


अमेरिकी विदेश मन्त्री माइक पोम्पेओले स्थानीय समय अगष्ट १७ तारिख एउटा वक्तव्य प्रकाशित गर्दै ह्वा वै कम्पनीले अमेरिकी प्रविधि प्राप्त गर्नमा अमेरिकी वाणिज्य मन्त्रालयले कडा सीमा राख्नुका साथै विश्वका २१ मुलुकमा ह्वा वैका ३८ शाखा कम्पनीलाई “निकाय सूचि”मा राखेको दाबी गरेका छन्। पोम्पेओहरुको यस्तो गतिविधिले विश्वको उत्पादन श्रृंखला, आपूर्ति श्रृंखला र मूल्य श्रृंखलालाई ध्वस्त पार्नुका साथै अमेरिकाको राष्ट्रिय हित र छविमा क्षति पुर्‍याउने जसबाट विश्वका व्यवसायहरु तीव्र गतिले अमेरिकाबाट विस्थापित हुनेछन्।

उच्च विज्ञान तथा प्रविधि क्षेत्रमा अमेरिकाको एकाधिकारको संरक्षण गर्न, महामारीको प्रतिरोध कार्यमा अमेरिकी सरकारको असफलताप्रति अमेरिकी नागरिकहरुको रिसलाई अरु ठाउँमा सार्न र आसन्न आमनिर्वाचनका लागि वाशिंटनले चिनियाँ व्यवसायहरुलाई क्रूरताका साथ दबाएको छ।

Insert your Ads code here

पोम्पेओहरुले आफ्नो निजी स्वार्थका लागि व्यापारिक समस्यालाई राजनीतिकरण गरेर चिनियाँ र अमेरिकी व्यवसायहरु लगायत विश्वका व्यवसायहरुको हितमा गम्भीर क्षति पुर्‍याएका छन्। चीनको विज्ञान तथा प्रविधिको विकास वाह्य क्षेत्रको दबावमा स्थगित नहुने उनीहरुले स्पष्टसँग बुझ्नुपर्छ।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!