कैलालीकाे भजनीमा पोषिलो पिठो बितरण कार्यक्रम गरिएको छ । नेपाल सरकार, विश्व खाद्य कार्यक्रमको संयुक्त साझेदारी र सहयोग तथा सेवक नेपालको सहजीकरणमा संचालित पोषिलो पिठो बितरण कार्यक्रम अन्तरगत भजनी नगरपालिका वडा नं ८को आधारभूत स्वास्थ्य सेवा केन्द्र गोडचौराका मार्फत सुत्केरी आमा ५६ जना, गर्भमहिला ६५ जना,बालबालिकाहरु १५८जना पोषिलो पीठो बितरण गरिएको हो ।
वि व्यवस्थापन समितिका तथा वडा नं ८अध्यक्ष पंकज चौधरीको अध्यक्षतामा भएको कार्यक्रमका अतिथी वडा सदस्य कृष्ण लाल धमाला, वडा कर्मचारी जय प्रसाद ढुंगाना, स्वास्थ्य कर्मी,स्वयसेबिका, लगाएको उपस्थिती रहेको थियो । भजनी नगरपालिका स्वास्थ्य शाखाको समन्वयमा भजनी नगरपालिकामा रहेका नौ वटा स्वास्थ्य संस्था मार्फत पौष्टिक आहार बितरण गर्ने कार्यक्रम सुपभाइजर अरुण विकले बताए।