Loading... आजः शनिबार , श्रावण १२, २०८१

प्रगतिशील साँस्कृतिककर्मीद्वारा एमसीसीविरुद्ध प्रदर्शन


प्रगतिशील साँस्कृतिककर्मीहरुले ‘राष्ट्रिय हितविपरीतको एमसीसी खारेज गर, साम्राज्यवादका विरुद्ध साँस्कृतिककर्मीहरु एक होऔं’ भन्ने मूल नाराका साथ सडक प्रदर्शनमा उत्रिएका छन।

उनीहरुले एमसीसीविरुद्ध आज माइतीघर मण्डलामा विरोध सभा गरेका छन। प्रगतिशील साँस्कृतिककर्मीहरुको वैकल्पिक मोर्चा निर्माण अभियानको आयोजनामा गरिएको विरोध प्रदर्शनमा प्रगतिशील तथा क्रान्तिकारी धारका कवि, साहित्यकार, कलाकार तथा पत्रकारहरुको उपस्थिति रहेको थियो।

नाराबाजीसहित विरोध प्रदर्शनको क्रममा आयोजित विरोधसभालाई सौन्दर्य चिन्तक निनु चापागाईं, आख्यानकार इस्लामी र कवियत्री सकुन्तला जोशीले एमसीसी सम्झौता खारेजीको पक्षमा जोडदार मन्तव्य दिएका थिए। कार्यक्रमको सञ्चालन कवि बलराम तिमिल्सिनाले गरेका थिए जनखबरले लेखेको छ।

Insert your Ads code here
Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!