२०६९ साल मंसिर १ राजधानीको भृकुटीमण्डपमा आयोजित कार्यक्रममा तत्कालीन एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई झापड हान्ने पदम कुवँर पक्राउ परेका छन्।
शनिबार साँझ नयाँ बानेश्वरस्थित संघीय संसद भवन परिसरबाट उनी पक्राउ परेका हुन्।
सुरुमा संसद भवन गेटमै रहेको शौचालयमा गएका पदम लामो समयसम्म भवनमै बसेपछि प्रहरीले सोधखोज गरेको थियो। प्रहरीले सोधखोज गर्न थालेपछि झगडा गरेका पदम त्यहीबाट पक्राउ परेका हुन्।
Insert your Ads code here
प्रहरीसँग झगडा गरेपछि उनलाई नियन्त्रणमा लिएको काठमाडौं प्रहरी परिसर टेकुका एसएसपी उत्तमराज सुवेदीले जानकारी दिए।
अहिले कुँवरलाई महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरमा राखिएको छ। प्रहरीले कुँवरमाथि अभ्रद व्यवहारको मुद्दा चलाउने तयारी गरेको एसएसपी सुवेदीको भनाइ रहेको अन्नपूर्ण पाेष्ट अनलाइनले लेखेको छ।