Loading... आजः बुधबार , फाल्गुन ७, २०८१

प्रचण्ड आज भजनि आउँदै


२०७८ मंसिर ८ मंगलवार प्रकाशित

सत्ति / पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज भजनि  आउने भएका छन् ।

भजनी नगरपालिका कार्यालयको भवन उद्घाटन र पार्टीका कार्यक्रममा सहभागी हुन प्रचण्ड बुधवार धनगढी आइपुग्ने नेकपा माओवादी केन्द्र कैलाली ले जनाएको छ ।

Insert your Ads code here

नियमित उडानबाट बिहान करीब ८ बजे धनगढी विमानस्थल आइपुग्ने प्रचण्ड त्यहाँबाट पूर्वपश्चिम राजमार्ग हुँदै सिधै भजनी जाने कार्यक्रम छ ।

अध्यक्ष प्रचण्डले भजनीमा भजनी नगरपालिका कार्यालयको नवनिर्मित भवनको उद्घाटन गरेपछि बौनियामा नेकपा माओवादी केन्द्रको बर्दगोरिया गाउँपालिका अधिवेशन सहभागी हुने कार्यक्रम रहेको नेकपा माओवादी केन्द्रका जिल्ला अध्यक्ष लालबहादुर सोडारीले जानकारी दिए ।

गाउँपालिका अधिवेशनको उद्घाटन गरेर उनी धनगढी आउनेछन् । धनगढीमा प्रचण्डले माओवादीको सुदूरपश्चिम प्रदेश कमिटीको बैठकलाई सम्बोधन गर्ने र बुधवार नै काठमाडौं फर्कने जिल्ला अध्यक्ष सोडारीले जानकारी दिए ।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!