Loading... आजः शनिबार , श्रावण १२, २०८१

“प्रचण्ड, द मेन अफ कमिट्मेण्ट” र “राजनेता”


सन २०१७ काे जुन ६ मा नेपाली काँग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले एक प्रसंगमा तत्कालीन नेकपा माअाेवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई प्रशंसा गर्दै “प्रचण्ड, द मेन अफ कमिट्मेन्ट” र “राजनेता” भनेका थिए।

त्यतिबेला र अहिलेकाे अवस्था र समय फेरिएको छ। त्यसैले त अाँफैले प्रशंसा गरेका तिनै प्रचण्डलाई यतिबेला साईलेन्ट धम्की पठाउनुपर्ने अवस्था अाएकाे छ। केही दिनअघि नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले नेता मीनेन्द्र रिजाल मार्फत प्रचण्डलाई एमसीसीलाई समर्थन नगरेको अवस्थामा अमेरिकाले सुलेमानी बनाउन सक्ने र केही गरी बाँचेमा नेपाल अाएर सिधै पक्राउ गरी अमेरिका लगेर जेलमा हाल्नसक्ने खतरा रहेकोले विरोध नगर्न सन्देश पठाएको विषयले अहिले नेकपाभित्र निकै चर्चा पाएको छ।

नेपाली काँग्रेस सभापति देउवा किन यसरी एमसीसी पास गराउन नाङ्गो रुपमा उत्रिदैछन्? शंका उपशंका बढेको छ। देशको प्रधानमन्त्री भइसकेको र जिम्मेवार प्रतिपक्ष पार्टीको सभापति जस्तो गरिमामय पदमा रहेको ब्यक्तिले सरकार चलाइरहेको पार्टीका अधिकाँश नेताहरूले विरोध गरेको राष्ट्रघाती एमसीसीकाे खुलारुपमा समर्थन गर्नु र संसदबाट अनुमाेदन गराउन मरिहत्ते गर्नुलाई अर्थपूर्ण रुपमा लिइएको छ। यसकारण पनि एमसीसी पास गर्नु देशका विरुद्धमा घात गर्नु हुने विश्वास बलियो बन्दै गरेको देखिन्छ।

Insert your Ads code here
Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!